जनकपुरधाममा नाैं दिन सम्म चल्याे शिव महापुराण कथा, शनिवार महाप्रसादकाे आयाेजना
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपेश मल्लिक
जनकपुरधाम,चैत २४ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा ९ दिन सम्म शिव महापुराण कथा यज्ञको आयोजना भएको छ । शिव महापुराण कथा आयोजनाको मूल उद्देश्य विश्व कल्याण तथा शान्ति स्थापना गर्नुहो भनि जानकारी आयोजक पंडित कैलाश झाले दिए । उनले शिव महापुराण कथा सुन्नका लागि भक्तजनहरुको उलेख्य उपस्थिति रहेकाे बताए ।

उनले शिव महापुराण कथा सुन्नाले जीवनमा रहेको हरेक दुःख दुर हुने तथा शिव लोकमा स्थान प्राप्त हुने मान्यता रहेकाे ध्यानाकर्षण गराए । उनले प्रवचनकर्ता भारत मधुवनी विहार निवासी श्री श्री १०८ व्यासजी पंडित दिपक महाराजको मुखारबिन्दवाट बिहिवार देखि शुक्रवार सम्म शिव महापुराण कथाको आयोजना गरिएको जनाए ।
संकल्पकर्ता पंडित कैलास झा र उहांकी श्रीमती रिंकु झाको अथक प्रयासले जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ पापमाेचनि सरस्वती नगर कटैयाचारीमा शिव महापुराण कथा नौं दिन सम्म चलेको हो । उनले कथामा विशेष गरि शिवपार्वतीको विवाह, शिवलिंगको उत्पत्ति, शिवको अवतार, शिवको तपस्या, लिला र महाकाल रुपको बारेमा चर्चा भएकाे बताए ।

उनले शुक्रवार अन्तिम दिन रहेको बताउंदै शनिवार महाप्रसादको आयोजना गरिने जानकारी दिए । पंडित झाले समाजको बल र सहयोगले यहां सम्म आएको तथा आफ्नो खल्तीवाट रु. ९ लाख खर्च भईसकेको जनाउंदै करिव ३० लाख बराबरको लागत रहेको उल्लेख गरे । शिव महापुराण कथा आनन्द उठाउनका लागि विशिष्ट अतिथिहरुमा मधेश प्रदेशका शिक्षा मन्त्रालयका सचिव महेन्द्र महतो, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २à..
काठमाडौं, कात्तिक १३ : संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट..
2 घन्टा पहिले
माधव नेपालको भ्रष्टाचार मुद्दको सुनुवाई सर्यो
काठमाडौं, कात्तिक १३ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल मुछिएको भ्रष..
2 घन्टा पहिले
अर्वनको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अ..
काठमाडौं, कात्तिक १२ : चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुà..
1 दिन पहिले
राहुल चम्किँदा जनकपुरले काठमाडौंलाई ११५ रनमै रोक्यो
काडमाडाैं, कात्तिक १२ : युवा मिडियम पेसर राहुल यादवले फेरि उत्कृष्ट प्रदर्शन गरेपछि एनपिएलको दोस्रो खेलमा जनकपुर..
1 दिन पहिले
जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्à¤..
काठमाडौं, कात्तिक ११ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेतà..
2 दिन पहिले