जनकपुरधाममा नाैं दिन सम्म चल्याे शिव महापुराण कथा, शनिवार महाप्रसादकाे आयाेजना
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपेश मल्लिक
जनकपुरधाम,चैत २४ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा ९ दिन सम्म शिव महापुराण कथा यज्ञको आयोजना भएको छ । शिव महापुराण कथा आयोजनाको मूल उद्देश्य विश्व कल्याण तथा शान्ति स्थापना गर्नुहो भनि जानकारी आयोजक पंडित कैलाश झाले दिए । उनले शिव महापुराण कथा सुन्नका लागि भक्तजनहरुको उलेख्य उपस्थिति रहेकाे बताए ।

उनले शिव महापुराण कथा सुन्नाले जीवनमा रहेको हरेक दुःख दुर हुने तथा शिव लोकमा स्थान प्राप्त हुने मान्यता रहेकाे ध्यानाकर्षण गराए । उनले प्रवचनकर्ता भारत मधुवनी विहार निवासी श्री श्री १०८ व्यासजी पंडित दिपक महाराजको मुखारबिन्दवाट बिहिवार देखि शुक्रवार सम्म शिव महापुराण कथाको आयोजना गरिएको जनाए ।
संकल्पकर्ता पंडित कैलास झा र उहांकी श्रीमती रिंकु झाको अथक प्रयासले जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ पापमाेचनि सरस्वती नगर कटैयाचारीमा शिव महापुराण कथा नौं दिन सम्म चलेको हो । उनले कथामा विशेष गरि शिवपार्वतीको विवाह, शिवलिंगको उत्पत्ति, शिवको अवतार, शिवको तपस्या, लिला र महाकाल रुपको बारेमा चर्चा भएकाे बताए ।

उनले शुक्रवार अन्तिम दिन रहेको बताउंदै शनिवार महाप्रसादको आयोजना गरिने जानकारी दिए । पंडित झाले समाजको बल र सहयोगले यहां सम्म आएको तथा आफ्नो खल्तीवाट रु. ९ लाख खर्च भईसकेको जनाउंदै करिव ३० लाख बराबरको लागत रहेको उल्लेख गरे । शिव महापुराण कथा आनन्द उठाउनका लागि विशिष्ट अतिथिहरुमा मधेश प्रदेशका शिक्षा मन्त्रालयका सचिव महेन्द्र महतो, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
13 मिनट पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
15 मिनट पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
21 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
22 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
22 घन्टा पहिले