Janakpurdham
Fri, Nov 27, 2026
`

किसान र शिक्षा क्षेत्रका समस्या पहिचान गर्दै सप्तरीबाट सुरु भयो ‘हुंकार हुलाकी यात्रा’

26 मिनट पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, मंसिर ११ गते ।  जनताका आधारभूत समस्या पहिचान, स्थानीय सरोकारका विषयमा संवाद तथा समाधानका उपाय खोज्ने उद्देश्यले ‘हुंकार हुलाकी यात्रा’ शुक्रबारदेखि सप्तरीको राजविराजबाट सुरु भएको छ।
२०८३ मंसिर ११ गते शुक्रबार राजविराजस्थित शिव मन्दिरबाट सुरु भएको यात्राको पहिलो दिन विभिन्न स्थानमा पुगेर किसान, विद्यार्थी, शिक्षक तथा विद्यालय सञ्चालकहरूसँग अन्तरक्रिया गरिएको छ।
यात्राका क्रममा राजगढ गाउँपालिकाको नर्घो पुगेर किसानहरूसँग संवाद गरिएको थियो। त्यसक्रममा किसानहरूले सिँचाइ, मलखाद, बाली बिमा, कृषि उपजको उचित मूल्य निर्धारण, कृषि शिक्षा, कृषि सडक तथा नियमित विद्युत् आपूर्तिलगायतका आधारभूत सुविधा उपलब्ध हुन नसकेको गुनासो गरेका थिए।


त्यसपछि यात्रा तिलाठीस्थित श्री पब्लिक माध्यमिक विद्यालय, लौनियाँ पुगेको थियो। त्यहाँ सामुदायिक विद्यालयको वर्तमान अवस्था, विद्यार्थी तथा शिक्षकका समस्या, पठनपाठनको गुणस्तर, पाठ्यक्रम र शिक्षा नीतिका विषयमा विशेष अन्तरक्रिया गरिएको थियो।
अन्तरक्रियामा सामुदायिक विद्यालयमा सरसफाइको अभाव, प्रयोगात्मक शिक्षाका लागि आवश्यक सुविधा नहुनु, विद्यालय भवनको कमी, विद्यार्थीको अनियमित उपस्थिति, शिक्षक समयमै विद्यालय नआउनु तथा अतिरिक्त क्रियाकलापको अभावजस्ता समस्या उठाइएका थिए। विद्यालय व्यवस्थापन समिति, अभिभावक र स्थानीय तहले समेत विद्यालयको शैक्षिक सुधारमा पर्याप्त चासो नदेखाएको सहभागीहरूको गुनासो थियो।


त्यसैगरी, राजविराजस्थित लालिगुँरास बोर्डिङ स्कुल पुगेर निजी र सामुदायिक विद्यालयबीचको शैक्षिक अवस्था, व्यवस्थापन, सुविधा तथा चुनौतीबारे तुलनात्मक अध्ययन गरिएको थियो। निजी विद्यालय सञ्चालकहरूले शुल्क निर्धारणमा एकरूपता नहुनु, सरकारबाट पर्याप्त अनुदान तथा सुविधा प्राप्त नहुनु, झोले विद्यालयको संख्या बढ्दै गए पनि प्रभावकारी अनुगमन नहुनुजस्ता समस्या औँल्याएका थिए। अभिभावकबाट समयमै शुल्क प्राप्त नहुनु र विद्यार्थीमा अनुशासनको कमी देखिनु पनि उनीहरूले उठाएका विषय थिए।
यात्राका क्रममा सहभागीहरूले पाठ्यक्रम, शिक्षा नीति, शिक्षामा एकरूपता तथा स्थानीय ज्ञान प्रणालीलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।


हुंकार मधेशले आफ्ना २३ सूत्रीय माग यसअघि नै प्रधानमन्त्रीसमक्ष पेस गरिसकेको जनाएको छ। ती मागको प्रभावकारी कार्यान्वयनका लागि जनस्तरका समस्या बुझ्ने र सम्बन्धित सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले हुलाकी यात्रा सुरु गरिएको हो।
यात्रामा केन्द्रीय सहजकर्ता रामकुमार कश्यप, केन्द्रीय प्रवक्ता केशवकुमार, केन्द्रीय अर्थ विभाग प्रमुख सच्चिदानन्द, केन्द्रीय पर्यटन विभाग प्रमुख मनोजकुमार तथा केन्द्रीय अभियन्ताहरू चन्द्रानन्द ज्योतिष, बैजु जोशी, सम्बोधकुमार, ललन शंकर र भूपेन्द्र मण्डललगायतको सहभागिता रहेको थियो।केन्द्रीय अभियन्ता तथा सप्तरी जिल्ला सहजकर्ता शैशव राजुले यात्राको अगुवाइ गरेका छन्। किसान, शिक्षा, स्वास्थ्य, स्थानीय विकास तथा जनजीविकासँग जोडिएका समस्यालाई प्रत्यक्ष रूपमा बुझ्दै समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानका रूपमा हुंकार हुलाकी यात्रालाई अगाडि बढाइएको आयोजकले जनाएको छ।

`
12 comments
भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडà..

काठमाडौं, मंसिर ११ : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहले भेट गरेका छन्।  राष्ट्रपति भà..

28 मिनट पहिले

किसान र शिक्षा क्षेत्रका समस्या पहिचान गर्दै सप्तरीबाट à..

जनकपुरधाम, मंसिर ११ गते ।  जनताका आधारभूत समस्या पहिचान, स्थानीय सरोकारका विषयमा संवाद तथा समाधानका उपाय खोज्ने..

26 मिनट पहिले

दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता हुँदैन : सञ्चारमन्तà¥..

काठमाडौं, मंसिर १० : सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै पनि सम्झौतà..

1 दिन पहिले

फोहोरबाट ऊर्जा उत्पादनलाई विस्तार गर्न सरकार तयार : ऊर्ज..

काठमाडौं, मंसिर १० : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको माà¤..

1 दिन पहिले

नीतिगत तहमा सुधारको प्रयास भइरहेको छ : सञ्चारमन्त्री

काठमाडाैं, मंसिर ९ : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई नीतिगत तहम..

2 दिन पहिले