Janakpurdham
Sat, Aug 23, 2025
`

शान्तिपूर्ण प्रदर्शनमा राज्यकाे हस्तक्षेपले नागरिक अधिकारको उलंघन : राजेन्द्र महतो

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडाैं, चैत २६ : राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आफूहरुको शान्तिपूर्ण मागहरुलाई राज्यले वेवास्ता गरी धरपकड गर्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरेको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय मुक्ति क्रान्तिले एकल राष्ट्रिय सत्ताको विरुद्ध बहुलराष्ट्रिय राज्य निर्माण गर्न शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले हस्तक्षेप गरि धरपकड गर्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरेको हो।

शान्तिपूर्ण आन्दोलनका क्रममा आफ्ना १२ जनालाई पक्राउ गरेको र ४४ जनालाई घाइते भएको राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले दावी गरे।

आफूहरुको प्रदर्शनमा राज्यले हस्तक्षेप गरेर लोकतन्त्रमा शान्तिपूर्ण सभा सम्मेलन गर्न पाउने अधिकारको उलंघनका मात्रै नभई राज्यको वर्वरता भएको उनले बताए। महतोले सरकारको कदमले लोकतान्त्रिक गणतन्त्रको नाममा रहेको गोर्खाली एकल राष्ट्रिय सत्ता उदाङ्गो बनेको टिप्पणी गरे।

उनले नेपाललाई एकल राष्ट्रिय राज्यबाट बहुलराष्ट्रिय राज्य स्थापनार्थ संघर्षरत रहेको भन्दै पक्राउ परेकाहरुलाई तुरुन्त रिहाइ तथा घाइतेको यथाशीघ्र उपचार व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। शान्तिपूर्ण मागलाई वेवास्ता गरे थप शसक्त आन्दोलनको कार्यक्रम गर्ने उनले चेतावनी दिए।

साभार : काठमाडौं प्रेस

`
12 comments
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

1 दिन पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

2 दिन पहिले

म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..

2 दिन पहिले

संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..

3 दिन पहिले

‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’

काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..

3 दिन पहिले