Janakpurdham
Tue, Sep 22, 2026
`

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ द्वारा ज्येष्ठ नागरिकलाई सम्मान

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम , चैत २८ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ ले वडाका २५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडा कार्यालयमा एक समारोहका बीच वडाका ८० वर्ष उमेर कटेका कुल २५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै स्वास्थ्य सामग्री पनि वितरण गरिएको छ ।

प्रमुख अतिथि एवं जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले सहयोग सामग्री वितरण गर्दै ज्येष्ठ नागरिकलाई सम्मान गर्ने परिपाटीले समाजमा सकारात्मक सन्देश जाने बताए ।मेयर साहले वडा नं. ११ ले गरेको काम सराहनिय रहेको भन्दै वडाहरुमा फोहर व्यवस्थापनको काम चुस्त रुपमा हुन नसकेको गुनासा मेटन आग्रह गरेका थिए ।

वडाध्यक्ष अर्जुन चौधरीले अग्रजहरुलाई गम्छा ओढाएर सम्मान गर्नुका साथै कम्वल, तन्ना, च्यवनप्राश र खाजा पनि वितरण गरिएको बताए । वडा अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य बलराम गुप्ताले कार्यक्रम संचालन गरेका थिए ।

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

15 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

15 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

3 दिन पहिले