जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ द्वारा ज्येष्ठ नागरिकलाई सम्मान
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम , चैत २८ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ ले वडाका २५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडा कार्यालयमा एक समारोहका बीच वडाका ८० वर्ष उमेर कटेका कुल २५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै स्वास्थ्य सामग्री पनि वितरण गरिएको छ ।
प्रमुख अतिथि एवं जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले सहयोग सामग्री वितरण गर्दै ज्येष्ठ नागरिकलाई सम्मान गर्ने परिपाटीले समाजमा सकारात्मक सन्देश जाने बताए ।मेयर साहले वडा नं. ११ ले गरेको काम सराहनिय रहेको भन्दै वडाहरुमा फोहर व्यवस्थापनको काम चुस्त रुपमा हुन नसकेको गुनासा मेटन आग्रह गरेका थिए ।
वडाध्यक्ष अर्जुन चौधरीले अग्रजहरुलाई गम्छा ओढाएर सम्मान गर्नुका साथै कम्वल, तन्ना, च्यवनप्राश र खाजा पनि वितरण गरिएको बताए । वडा अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य बलराम गुप्ताले कार्यक्रम संचालन गरेका थिए ।
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
1 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
1 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
3 दिन पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
3 दिन पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
4 दिन पहिले