Janakpurdham
Tue, Apr 30, 2024
`

मधेश प्रदेशसभा बैठक अवरुद्ध, सत्तारुढ र प्रतिपक्षी सांसदबीच चर्काचर्की

14 दिन पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,वैशाख ४ गते । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ ।सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो ।

जनमतका सांसद सिंहले माघ ८ मा सप्तरीमा कृषि विश्वविद्यालय भवनको शिलान्यास समारोहमा मन्त्रीमाथि भएको सांघातिक हमला भएको सम्बन्धमा चित्तबुझ्दो जवाफ नपाएको र अर्थ मन्त्रालयमाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नभएकोमा प्रश्न उठाए ।उनले सरकार गैरजिम्मेवार बनेकाले संसद चल्न नदिने अडान लिए ।

सभामुख मण्डलले पटक पटक संसदको कामकारबाही अगाडि बढाउन दिन आग्रह गरे । तर, जनमतका सांसदहरु उठेर विरोध गरिरहे । सो क्रममा एमाले सांसद ठाकुरले सप्तरी घटना दुःखद रहेको तर त्यसको निहुँमा संसद अवरुद्ध गर्न नहुने धारणा राखेपछि जनमतका सांसदहरुले प्रतिवाद गरेका थिए ।सभामुख मण्डलले सांसदहरुको चर्काचर्कीबीच प्रदेशसभाको कामकारबाही अगाडि बढाउन खोजेपछि जनमत र नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेका थिए । प्रतिपक्षी दलका सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

साभार : नेपाल प्रेस

`
12 comments
महोत्तरीका आगलागी पीडितलाई काठमाडाैँ महानगरले १० लाख द..

काठमाडौँ ,वैशाख १७ गते । काठमाडौँ महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी ..

20 घन्टा पहिले

लाल मोहम्मदको हत्यामा संलग्न बिहारका बब्लुलाई गोली हान..

काठमाडौं , वैशाख १७ गते । काठमाडौंको गोठाटारमा लाल मोहम्मदलाई गोली हानी हत्या भएको घटनामा संलग्न रहेको आरोप लागे..

20 घन्टा पहिले

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

कैलाली, वैशाख १७ गते ।  उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । ..

20 घन्टा पहिले

मटिहानीका आगलागी प्रभावितलाई भाँडाकुँडा सहयोग

जनकपुरधाम , १६ गते बैसाख ।गत बैसाख १२ गते महोत्तरीको मटिहानी नगरपालिका ६ जरलहवा बस्तीमा भएका आगलागी प्रभावित रुर ..

2 दिन पहिले

आजदेखि लगानी सम्मेलन, ५४ देशका लगानीकर्ता काठमाडौंमा

काठमाडौं, वैशाख १६ । नेपालमा स्वेदशी तथा विदेशी लगाउन भित्राउन आयोजित तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आज..

2 दिन पहिले