मधेश प्रदेशसभा बैठक अवरुद्ध, सत्तारुढ र प्रतिपक्षी सांसदबीच चर्काचर्की
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,वैशाख ४ गते । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ ।सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो ।
जनमतका सांसद सिंहले माघ ८ मा सप्तरीमा कृषि विश्वविद्यालय भवनको शिलान्यास समारोहमा मन्त्रीमाथि भएको सांघातिक हमला भएको सम्बन्धमा चित्तबुझ्दो जवाफ नपाएको र अर्थ मन्त्रालयमाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नभएकोमा प्रश्न उठाए ।उनले सरकार गैरजिम्मेवार बनेकाले संसद चल्न नदिने अडान लिए ।
सभामुख मण्डलले पटक पटक संसदको कामकारबाही अगाडि बढाउन दिन आग्रह गरे । तर, जनमतका सांसदहरु उठेर विरोध गरिरहे । सो क्रममा एमाले सांसद ठाकुरले सप्तरी घटना दुःखद रहेको तर त्यसको निहुँमा संसद अवरुद्ध गर्न नहुने धारणा राखेपछि जनमतका सांसदहरुले प्रतिवाद गरेका थिए ।सभामुख मण्डलले सांसदहरुको चर्काचर्कीबीच प्रदेशसभाको कामकारबाही अगाडि बढाउन खोजेपछि जनमत र नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेका थिए । प्रतिपक्षी दलका सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।
साभार : नेपाल प्रेस
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
15 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
15 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
2 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
3 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक