
सुशासन र विकास पार्टीको ‘एजेन्डा’ हुनुपर्छ : महामन्त्री थापा
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

सुदूरपश्चिम, वैशाख ४ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको मुख्य ‘एजेन्डा’ हुनुपर्ने बताएका छन्।
‘समुदायमा कांग्रेस संवाद कार्यक्रम’का क्रममा आज धनगढीमा अयोजित कार्यक्रमा महामन्त्री थापाले विकासका सावलमा दलहरुबीच राष्ट्रिय बहस छलफल गरी साझा धारणा बनाउन, भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासनलगायतका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए।
पार्टीको एजेन्डा २०८४ का लागि नभइ आज देखिएका यावत् समस्याको समाधानका लागि हुनुपर्ने बताउँदै उनले भन्नुभयो, 'वर्ष २०८१ लाई पार्टी शुद्धीकरण र पुनःजागरणको वर्ष बनाउनुपर्छ, एकवर्ष कांग्रेसले सिंहदरबार, बालुबाटार नहेरी राष्ट्रका मुख्यमुख्य समस्या समाधान खोज्न पहल गर्नुपर्ने बेला आएको छ।'
पार्टीको भविष्यको नीति योजना बनाउनका लागि संवाद यात्रामा आएका सुझावले टेवा पुर्याउने उनले बताए। पार्टी सञ्चालन प्रक्रिया त्रुटिपूर्ण हुँदा पार्टीमा गुट–उपगुटको समस्या देखिएको भन्दै उनले गुटबन्दीविरुद्ध उपचार खोज्ने बेला आएको बताए।
साभार : काठमाडौं प्रेस

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
1 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
2 दिन पहिले
म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..
काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..
2 दिन पहिले
संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..
काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..
3 दिन पहिले
‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..
3 दिन पहिले