शिक्षाको गुणस्तर अभिवृद्धि माग गर्दै नेविसंले बुझायाे देशभरका स्थानीय तहमा ज्ञापनपत्र
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडाैं, वैशाख ६ : नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै देशभरका स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ।
आफ्नो ५५औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो।
सो क्रममा काठमाडौंमा नेविसंघका केन्द्रीय सदस्य विनोदराज जोशी लगाएतका विद्यार्थीहरुले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलााई ज्ञापन पत्र बुझाएका थिए।
उनीहरुले विद्यालय शिक्षालाई पूर्णरुपमा निशुल्क गर्नुपर्ने, शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन गर्नुपर्ने, शिक्षा क्षेत्रको बजेट बृद्धि गर्नुपर्ने लगाएका माग राखेका छन्।
त्यस्तै ज्ञापन पत्रमा विद्यालयमा कार्यरत कर्मचारीलाइ सरकारले तोकेको न्यूनतम परिश्रमिक भन्दा कम नहुने गरि भुक्तानी गर्नुपर्ने, बार्षिक शैक्षिक योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुपर्ने लगाएत उल्लेख गरिएको नेविसंघ केन्द्रीय सदस्य विनोदराज जोशीले बताए।
त्यस्तै १७ बुँदे माग पत्रमा प्रविधिमार्फत बालबालिकामाथि हुने उत्पीडन एवं दूव्र्यवहार रोक्न ठोस नीति निर्माण गर्नुपर्ने, लागू औषध दुव्र्यसन रोक्न ठोस नीति कार्यान्वयन गर्नुपर्ने लगाएत उल्लेख छ।
साभार : काठमाडौं प्रेस
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
15 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
15 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
2 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
3 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक