
सुरु भयो सुदर्शनको \'रावायण\', पल दोहोरो भूमिकामा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी मन्दिरमा शुभ-मुहूर्त गर्दै सिनेमाको छायाँकन सुरु गरिएको हो। पहिलो दिन त्यहाँका रेल्वे स्टेशनका दृश्य खिचिएको छ ।
पहिलो दिनको सुटिङमा एक्सनका दृश्य खिचिएको छ । जनकपुरको छायाँकन पश्चात 'रावायण' टिमले आफ्नो अधिकांश सुटिङ सर्लाहीको लालबन्दीमा गर्नेछ।
सिनेमामा अभिनेता दुई वटा भूमिकामा देखिनेछन् भने पूजा शर्मासँग उनको जोडी बाँधिएको छ। सिनेमामा पल, पूजाको साथमा प्रमोद अग्रहरी, प्रियंका कार्की, पूर्व मिस नेपाल निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकालको अभिनय रहनेछ ।
प्रेमकथा निर्देशकका रुपमा परिचित निर्देशक थापाले पहिलोपटक कुनै एक्सन सिनेमाको निर्देशन गर्न लागेका हुन्। सुदर्शन थापा र पूजा शर्माको संयुक्त निर्माण रहने फिल्मको आगामी भदौ २१ गते रिलिज गरिने घोषणा भइसकेको छ।
यसअघि निर्देशक थापाले यो सिनेमामा अनमोल केसीलाई अनुबन्धन गरेका थिए भने केसीको जोडी नीति शाहलाई बनाइएको थियो तर 'छड्के २' सुपरफ्लप भएपछि अनमोलले स्क्रिप्ट चित्त नबुझेको भन्दै सिनेमाबाट हात झिकेको घोषणा गरेका थिए।
ततःपश्चात थापाले आर्थिक विश्वासघात गरेको उजुरी दिए। सोही उजुरीका आधारमा अनमोललाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको थियो।
साभार : नेपाल लाइभ

कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तय..
काठमाडौं, कात्तिक १ : नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तया..
1 दिन पहिले
तिहार आजबाट सुरु
काठमाडौं, कात्तिक १ : नेपाली हिन्दुहरु दोस्रो महान चाड तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा सुरु हुँदैछ। प्र..
1 दिन पहिले
कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत
काठमाडौँ ,असोज ३० गते । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशह..
3 दिन पहिले
आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको छ : निवर्तमान मुख्यम..
जनकपुरधाम ,असोज ३० गते । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले नवगठित जनस्वराज पार्टी हालक..
3 दिन पहिले
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
4 दिन पहिले