Janakpurdham
Sun, Oct 19, 2025
`

आजदेखि लगानी सम्मेलन, ५४ देशका लगानीकर्ता काठमाडौंमा

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, वैशाख १६ । नेपालमा स्वेदशी तथा विदेशी लगाउन भित्राउन आयोजित तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आजदेखि सुरू हुदैछ । नेपाल सरकारको आयोजनामा आइतबार सोमबार हुने सम्मेलनमा नेपालबाहेक ५४ देशका लगानीकर्ता काठमाडौंमा भेला भएका छन् । सम्मेलनमा १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने छ ।

सम्मेलनमा स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका समेत गरी १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी छ । सम्मेलनका लागि विभिन्न देशबाट लगानीकर्ता र विज्ञहरू काठमाडौं आइसकेका छन् । लगानी बोर्डका अनुसार सम्मेलनमा ९ खर्ब बराबरका आयोजनाहरू प्रस्तुत हुनेछन् । 

सम्मेलनमा ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षा लगायत विविध क्षेत्रका परियोजना प्रस्तुत गर्ने तयारी छ । 

सम्मेलनमा नेपाली ३ सय ८५ जना लगानीकर्ताहरू सहभागी हुनेछन् भने चीनबाट २ सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, बेलायतका १४, बंगलादेशका १३, यूएई का १३ र जर्मनीका १० जना लगानीकर्ताहरू सम्मेलनमा सहभागी हुनेछन् । 

त्यस्तै, कोरिया, अस्ट्रेलिया र मलेसियाका ९÷९ जना सम्मेलनमा भाग लिँदैछन् । पाकिस्तानबाट आठ, सिंगापुरबाट ६, कतार र घानाबाट पाँच÷पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार÷चार जनाको सहभागिता रहनेछ ।

सम्मेलनमा लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिनेछन् भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिनेछ । 

सम्मेलनमा आइतबार पहिलो दिन उद्घाटनपछि दुई वटा मुख्य सत्र हुनेछन् भने सोमबार ११ वटा समानान्तर सत्र सञ्चालन गर्ने तयारी छ । सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताहरूसँग साक्षात्कार गर्ने कार्यक्रमसमेत राखिएको छ । 

साभार : काठमाडौं प्रेस

`
12 comments
कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तय..

काठमाडौं, कात्तिक १ : नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तया..

6 घन्टा पहिले

तिहार आजबाट सुरु

काठमाडौं, कात्तिक १ : नेपाली हिन्दुहरु दोस्रो महान चाड तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा सुरु हुँदैछ। प्र..

6 घन्टा पहिले

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ ,असोज ३० गते । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशह..

2 दिन पहिले

आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको छ : निवर्तमान मुख्यम..

जनकपुरधाम ,असोज ३० गते । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले नवगठित जनस्वराज पार्टी हालक..

2 दिन पहिले

मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..

3 दिन पहिले