Janakpurdham
Sun, Jun 14, 2026
`

आजदेखि लगानी सम्मेलन, ५४ देशका लगानीकर्ता काठमाडौंमा

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, वैशाख १६ । नेपालमा स्वेदशी तथा विदेशी लगाउन भित्राउन आयोजित तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आजदेखि सुरू हुदैछ । नेपाल सरकारको आयोजनामा आइतबार सोमबार हुने सम्मेलनमा नेपालबाहेक ५४ देशका लगानीकर्ता काठमाडौंमा भेला भएका छन् । सम्मेलनमा १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने छ ।

सम्मेलनमा स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका समेत गरी १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी छ । सम्मेलनका लागि विभिन्न देशबाट लगानीकर्ता र विज्ञहरू काठमाडौं आइसकेका छन् । लगानी बोर्डका अनुसार सम्मेलनमा ९ खर्ब बराबरका आयोजनाहरू प्रस्तुत हुनेछन् । 

सम्मेलनमा ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षा लगायत विविध क्षेत्रका परियोजना प्रस्तुत गर्ने तयारी छ । 

सम्मेलनमा नेपाली ३ सय ८५ जना लगानीकर्ताहरू सहभागी हुनेछन् भने चीनबाट २ सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, बेलायतका १४, बंगलादेशका १३, यूएई का १३ र जर्मनीका १० जना लगानीकर्ताहरू सम्मेलनमा सहभागी हुनेछन् । 

त्यस्तै, कोरिया, अस्ट्रेलिया र मलेसियाका ९÷९ जना सम्मेलनमा भाग लिँदैछन् । पाकिस्तानबाट आठ, सिंगापुरबाट ६, कतार र घानाबाट पाँच÷पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार÷चार जनाको सहभागिता रहनेछ ।

सम्मेलनमा लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिनेछन् भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिनेछ । 

सम्मेलनमा आइतबार पहिलो दिन उद्घाटनपछि दुई वटा मुख्य सत्र हुनेछन् भने सोमबार ११ वटा समानान्तर सत्र सञ्चालन गर्ने तयारी छ । सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताहरूसँग साक्षात्कार गर्ने कार्यक्रमसमेत राखिएको छ । 

साभार : काठमाडौं प्रेस

`
12 comments
भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्ध..

काठमाडौं, जेठ ३० : सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनैपनि राष्ट्र..

3 मिनट पहिले

बैंकिङ कसुरमा पक्राउ परे सेफ सन्तोष साह

जनकपुर, जेठ ३० : बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ परेका छन्।  उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली..

5 मिनट पहिले

राजनीतिक यात्रामा काठमाडौं वडा नं. ८ को ठूलो योगदान छ : गग..

काठमाडौं, जेठ ३० : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफू प्रत्यक्ष निर्वाचित प्रतिनिधि नरहे पनि काठमाड..

8 मिनट पहिले

प्रधानमन्त्रीको जवाफ अरूले दिएर हुँदैन : सांसद बराल

काठमाडौं, जेठ २९ : नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्त..

23 घन्टा पहिले

राष्ट्रियसभा निर्वाचन नीति र गुठी जग्गा प्रतिवेदन कार्..

काठमाडौं, जेठ २९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार सुशासनको लागि बनेको दाब..

23 घन्टा पहिले