Janakpurdham
Thu, Oct 15, 2026
`

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता

1 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन् । ३५ वर्षमुनिका युवा खुलातर्फ ई. सुवास पौडेलले फराकिलो अग्रता बनाएका छन् ।

१ हजार ९८६ मत गणना हुँदा गण्डकी प्रदेश खुलातर्फ किरणबाबु श्रेष्ठले ७७२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी विष्णु पौडेल (दारी) ले ७०१ मत पाएका छन् । त्यस्तै महेन्द्रध्वज जीसीले ६४२, रेशमबहादुर वानियाँले ६३१, जितप्रकाश आले मगरले ६१४ र खुमा प्रसाद अर्यालले ५९७ मत प्राप्त गरेका छन् । 

यसैगरी भेषबहादुर पौडेलले ५२१, सुशील तिमल्सेनाले ४९४ र गोविन्दबहादुर रानाभाटले ४३१ मत पाएका छन् ।

गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य महिला समूहमा सरस्वती अर्याल तिवारीले अग्रता लिएकी छन् । उनले ८१९ मत प्राप्त गर्दा ओमकला गौतमले ५८९ र रविकला खनालले ४६४ मत पाएका छन् ।

३५ वर्षमुनिका युवा महिलातर्फ डा. कला पन्तले १ हजार १४० मत प्राप्त गरेकी छन्। उनकी प्रतिस्पर्धी एलिजा ढकालले ८०४ मत पाएकी छन् । युवा खुलातर्फ ई. सुवास पौडेलले १ हजार २८२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ई।चेतराज कँडेल (सुजन) ले ६२८ मत पाएका छन् । यस समूहमा पौडेलले ६५४ मतको अग्रता बनाएका छन् ।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।

साभार ः काठमाडौं प्रेस

`
12 comments
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

1 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुà¤..

1 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

1 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

1 दिन पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले