Janakpurdham
Sun, May 10, 2026
`

रवि लामिछानेलाई रास्वपा सभापतिको हैसियतमा संसदमा बोल्न दिने कांग्रेसको निर्णय

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,वैशाख २८ गते । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानलाई संसदमा आफ्नो भनाइ राख्न दिने निर्णय गरेको छ । आज बसेको कांग्रेस संसदीय दलकाे बैठकले सो निर्णय गरेको हो ।

कांग्रेसले सहकारी मुद्दामा लामिछानेमाथि संसदीय छानविन समिति गठनको माग गर्दे सदन अवरोध गर्दै आएको छ । गृहमन्त्री लामिछानेले यस विषयमा संसदको रोष्टममा आफूले प्रष्टीकरण दिन पाउनुपर्ने अडान लिइरहेका थिए । कांग्रेस वैठकले लामिछानेलाई रास्वपा सभापति र सांसदको हैसियतले बोल्न दिने निर्णय गरको एक नेताले बताए ।

संसदको बजेट अधिवेशन आजबाट प्रारम्भ हुँदैछ । आजको प्रतिनिधिसभा वैठकमा राजनीतिक दलका शीर्ष नेताहरुले सम्वोधन गर्ने भनिएको थियो । रविसँगै अन्य शीर्ष नेताहरुलाई पनि बोल्न दिने निर्णय कांग्रेसले लिएको छ ।

प्रमुख नेताहरुले बोलिसकेपश्चात भने कांग्रेसले संसद अवरोधलाई निरन्तरता दिने छ । संसदीय समिति गठनको मागबाट पार्टी पछाडि नहटेको नेताहरुको भनाइ छ ।
 
साभार : नेपाल प्रेस

`
12 comments
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोज..

काठमाडौं, वैशाख २६ : कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनम..

8 घन्टा पहिले

‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यस..

कैलाली, वैशाख २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा..

8 घन्टा पहिले

सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीक..

धनुषा, वैशाख २५ : जगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना निकालेपछि जारी गरेपछि धनुषाको महेन्द्र..

1 दिन पहिले

पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यला..

काठमाडौं, वैशाख २५ : प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सु..

1 दिन पहिले

नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा..

काठमाडौं, वैशाख २४ : विदेशी नागरिकहरूले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न अध..

2 दिन पहिले