भिजिट भिसामा घरेलु कामदार बनेर विदेशिने महिलाको तथ्यांक राज्यसँग छैन : मन्त्री यादव
5 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, वैशाख २४ : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट भए गरेका कामकारवाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल गरिएको छ।
उक्त छलफलमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले घरेलु कामदारका रूपमा विदेश जाने महिला श्रमिकको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।

मन्त्री यादवले घरेलु कामदारका रूपमा विदेश जान श्रम स्वीकृति बन्द गर्ने विषय प्रतिनिधिसभाबाट समितिमा आएको जानकारी दिँदै अध्ययनका क्रममा अधिकांश महिला श्रमिक कानुनी प्रक्रियाबाहिर गएर काम गरिरहेको पाइएको बताए। उनका अनुसार महिला कामदारहरू भारत लगायत अन्य देश हुँदै भिजिट भिसा प्रयोग गरेर घरेलु कामदारका रूपमा विदेश जाने गरेका छन्।
उनले श्रम स्वीकृति नलिई विदेश गएका कारण ती कामदार सरकारको अभिलेखमा नरहने र समस्या पर्दा समेत सम्बन्धित निकायले सहयोग गर्न कठिन हुने बताए।

‘घरेलु कामदारमा जाने श्रम स्वीकृति बन्द गर्ने कुरा प्रतिनिधिसभाबाट समितिमा आएको रहेछ । यसमा अध्यन गर्दा महिला कामदारहरु श्रम स्वीकृति लिएर जान पाएको आवस्था छैन। उहाँहरु कानुन विपरित भारत हुँदै, अरु देश हुँदै भिजिट भिसा प्रयोग गर्दै घरेलु कामदारको रुपमा गएको देखिन्छ । त्यहाँ गइसकेपछि सरकारको रेर्कडमा देखिँदैन,’ उनले भने, ‘महिला कामदारहरु बाहिर देशमा गैइसकेपछाडि केही समस्या पर्यो भने उहाँहरुले राजदूतावासमा समेत फोन गर्न सक्दैनन्। किनकी उहाँहरुले श्रम स्वीकृति नलिइ गएको अवस्थामा। यस्तो अवस्थामा राज्यले पनि सहयोग गर्न सकेको छैन। डाटा छैन, कसले पठायो रु कसरी गयो केही पनि छैन।’
मन्त्री यादवले ५१ प्रतिशत महिला जनसंख्या भएको देशमा यस्तो अवस्था देखिनु दुःखद भएको उल्लेख गर्दै समस्याको समाधानका लागि मन्त्रालयले अध्ययन तथा अनुसन्धान गरिरहेको जानकारी दिए। उनले घरेलु कामदारको क्षेत्र संवेदनशील र जोखिमपूर्ण भएकाले समस्या पर्दा कामदारलाई ट्र्याक गर्नसमेत कठिन हुने बताए।
‘५१ प्रतिशत महिला भएको हाम्रो देशमा यस्तो अवस्था देख्दा दुखित छु। यसको समस्यालाई समाधान गर्नको लागि रिर्सच पनि गर्दैछु । तर यो एकदमै रिस्की पनि छ । घरेलु कामदारहरु समस्यामा पर्दा ट्र्याक गर्न पनि गाहे छ,’ उनले भने।
साभार: काठमाडौं प्रेस
कांग्रेस सभापतिमा गगन थापा निर्वाचित
काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..
11 घन्टा पहिले
शिक्षा प्रणालीले विद्यार्थीलाई भविष्यका चुनौती र अवसरक..
काठमाडौँ, असाेज २४ : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि माà¤..
11 घन्टा पहिले
मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारà..
काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारà..
2 दिन पहिले
सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनश..
काठमाडौँ, असोज २३ : सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वको समय..
2 दिन पहिले
नेपालले आफ्ना उत्पादनलाई ब्राण्डिङ गरेर विश्व बजारमा लà..
काठमाडौं, असाेज २२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले नेपालले आफ्ना मौलिक उत्पादन, पहिचान र सà¤..
2 दिन पहिले
-
शिक्षा प्रणालीले विद्यार्थीलाई भविष्यका चुनौती र अवसरका लागि तयार गर्नुपर्छ : राष्ट्रपति
-
मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारौँ : गगन थापा
-
सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित
-
नेपालले आफ्ना उत्पादनलाई ब्राण्डिङ गरेर विश्व बजारमा लैजानुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना