Janakpurdham
Sun, May 03, 2026
`

प्रेस स्वतन्त्रता संकटमा, सरकारका निर्णयले मिडिया क्षेत्रमा चिन्ता बढायो : महासचिव दाहाल

2 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, वैशाख २० : नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले नेपालमा प्रेस स्वतन्त्रताको अवस्था जटिल बन्दै गएको बताएका छन् । नेपाल न्यूज उनले पछिल्ला वर्षहरूमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरू उल्लेखनीय रूपमा बढेको दाबी गरेका हुन् ।

उनले भने, ‘हामी प्रेस स्वतन्त्रताका हिसाबले एकदमै जटिल अवस्थामा छौं । किन भने प्रेस स्वतन्त्रताको उल्लंघनका घटनाहरु एकदमै धेरै बढेका छन् ।’ उनका अनुसार सन् २०२४ र २०२५ का तथ्यांकले प्रेसमाथि आक्रमण तथा हस्तक्षेपका घटनाहरू बढ्दो क्रममा रहेको देखाउँछ । त्यससँगै वर्तमान सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी लगाएकाले सञ्चार माध्यमहरूको अस्तित्वनै संकट सिर्जना गरेको बताए ।

‘हामीले सन् २०२४ र ०२५ को तथ्यांक हेर्यौं भने प्रेस स्वतन्त्रताको घटनाहरु बढेको देखाउँछ । झन पछिल्लो सयम सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी लगाएपछि अवस्था अझ जटिल बनेको छ,’ उनले भने ।

महासचिव दाहालले सरकारले सञ्चारसम्बन्धी कानुनहरू संशोधन तथा नयाँ कानुन ल्याउने तयारी गरिरहेको चर्चा भएपनि सरोकारवालासँग कुनै परामर्श नगरेको गुनासो गरे । उनले नेपाल पत्रकार महासङ्घलगायतका संस्थासँग छलफल नगरी निर्णय लिने प्रवृत्तिले परिस्थिति थप जटिल बनाएको बताए । उनले भने, ‘अब मिडियाहरु बन्द हुन्छन् कि, चल्छन् भन्ने जोखिम छ । श्रमजीवी पत्रकारहरु विस्थापित हुने खतरा छ । पेशाबाट पलायन हुने खतरा वा जोखिममा हामी छौं । सरकारले संविधान संशोधनदेखि विभिन्न कानुनहरु ल्याउने ल्याउनेक्रममा संचार सम्बद्ध कानुनहरु पनि ल्याउने तयारी गरेको छ भन्ने जानकारी पाएका छौं । तर पत्रकार महासंघ जस्ता स्टेकहोल्डरहरुसँग कुनै छलफल भएको छैन् । जसका कारण सरकारबाटै प्रेसमाथि जोखिम बढेको अवस्था छ ।’

 

 

चैत १८ गतेको सरकारी निर्णयअनुसार करिब ६ हजार ६०० मिडियामध्ये सीमित मिडियालाई मात्र सरकारी विज्ञापन दिने व्यवस्था गरिएको भन्दै उनले त्यसप्रति महासङ्घले असहमति जनाएको बताए । उनले पछिल्ला वर्ष भएका विभिन्न आन्दोलनका क्रममा पत्रकारमाथि आक्रमण, मिडिया हाउसमा तोडफोड तथा आगजनीका घटना भएको स्मरण गराउँदै प्रेस क्षेत्र सुरक्षित नभएको बताए । लोकतन्त्र सुदृढ बन्दै जाँदा प्रेस स्वतन्त्रता अझ सुरक्षित हुनुपर्नेमा वर्तमान अवस्था उल्टो रहेको उनको भनाइ छ ।

उनले भने, ‘०८२ सालकै घटनाहरु हेर्यौं भने संचारकर्मी सुरक्षित छैनन् भन्ने देखाउँछ । तीनकुनेको घटना एकदमै डरलाग्दो थियो । हाम्रा एकजना पत्रकार साथीको जलेर मृत्यु भयो । कतिपय साथीहरु घाइते हुनुभयो । त्यसपछि शिक्षक आन्दोलन भयो, त्यहाँ पनि प्रहरीले प्रहार गरेको फोहराबाट एकजना साथीको आँखा नै एकदम नाजुक स्थितिमा थियो । त्यसपछि जेनजी आन्दोलनको बेलामा नेपालका मिडिया हाउसहरु जलाउने, तोडफोड गर्ने, समाचार संकलनमा खटिएका पत्रकारहरुलाई आक्रमण गर्ने, गोली लाग्ने र राज्य पक्षबाट दमन व्यापक भयो । आन्दोलनकारीको तर्फबाट पनि मिडिया हाउस नै जलाउने, पत्रकारहरुलाई आक्रमण गर्नेक्रम भयो । यि सबै घट्नाहरु हेर्दा ०८२ साल नेपाली प्रेस वा मिडियाहरुका लागि सुखद रहेन् ।

पूर्ववर्ती सरकारको पालामा पनि सञ्चार तथा सामाजिक सञ्जालसम्बन्धी विधेयकहरूमार्फत अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास भएको आरोप उनले लगाए । यस्ता प्रावधानप्रति महासङ्घले निरन्तर विरोध गर्दै आएको उनले स्पष्ट पारे । महासचिव दाहालले पत्रकारहरूलाई आचारसंहिता र पत्रकारिताका सिद्धान्तभित्र रहेर काम गर्न आग्रह गर्दै महासङ्घले त्यसका लागि तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । प्रेस स्वतन्त्रता सुदृढ गर्न राज्य, मिडिया र पत्रकार सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको जोड थियो ।

उनले भने, ‘पत्रकार आचार संहिता छ । त्यो पालनाका लागि विभिन्न हिसाबले प्रयासहरु गरिरहेका छौं । तालिमहरु दिने, झकझकाउने काम गरिरहेकाछौं । त्यसका अलावा पनि केहि त्रुटीहरु वा खराबीहरु भएका छन् । त्यसलाई एउटा विधिबाट समाधानको प्रयासमा छौं । आचारसंहिताको मापदण्ड भित्रै बसेर समाधान गर्ने वा सुधार गर्ने छौं ।’ विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा उनले सम्पूर्ण पत्रकारहरूलाई शुभकामना व्यक्त गर्दै स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारितालाई थप सुदृढ बनाउन सबैलाई आह्वान गरे ।

 

साभार: काठमाडौं प्रेस

`
12 comments
प्रेस स्वतन्त्रता संकटमा, सरकारका निर्णयले मिडिया क्षे..

काठमाडौं, वैशाख २० : नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले नेपालमा प्रेस स्वतन्त्रताको अवस्था जटिल ..

2 घन्टा पहिले

अनामनगर धोवीखोला किनारमा रहेको साततले भवनमा डोजर चल्यो

काठमाडौं, वैशाख २० : काठमाडौं अनामनगरस्थित धोवीखोला किनारमा रहेको चर्चित साततले भवनमा अन्ततः डोजर चलाइएको छ । आ..

2 घन्टा पहिले

राष्ट्रपतिद्वारा तीन अध्यादेश जराी

काठमाडौं, वैशाख १९ : राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन अध्यादेश जारी गरेका छन्।  सरकारको सिफारिसमा राष्ट्रपत..

1 दिन पहिले

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना ..

काठमाडौं, वैशाख १९ : सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले सूचना प्रविधि अहिले नागरिकको आधारभू..

1 दिन पहिले

सरकारले सुकुम्बासीमाथि युद्द र अपराधिको व्यवहार गर्यो : ..

काठमाडौं, वैशाख १८ : नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन्। श..

2 दिन पहिले