‘सत्तापक्ष संसदीय समिति बनाउन जिम्मेवारपूर्ण रुपमा प्रस्तुत भएन, झारा टार्ने समिति मान्दैनौं’
6 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, जेठ ६ । सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा सत्तापक्ष जिम्मेवारपूर्ण रुपमा प्रस्तुत नभएको आरोप कांग्रेसले लगाएको छ।
सरकार संसदीय समिति बनाउन तयार भए पनि आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न तयार नभएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए। यही विषयले समितिको कार्यादेशमा सहमति नजुटेको उनले बताए।
‘संसदीय छानबिन समिति बनाउने भन्नेकुरामा सहमति नै छ। त्यसका लागि कार्यादेशसहितको तयारी गरेर जाने भन्नेकुरा भइरहेको छ,’ संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘सत्तापक्षका साथीहरुको कस्तो देखियो भने झापामा आगो लाग्यो कञ्चनपुरमा निभाउन जाउँ भने जस्तो देखियो। संघीय संसदमा देशभरमा जे विषय उठेको छ । त्यो विषयका बारेमा प्रवेश नगर्ने, बोल्दै नबोल्ने र त्यो बाहेकका अरु कुरामा प्रवेश गरेर झारो टार्ने रुपमा प्रस्तुत हुनुभएकाले कुरा मिलिरहेको छैन।’
प्रमुख सचेतक लेखकले समग्र सहकारीको समस्या पनि कसरी समाधान गर्ने भन्ने कुरा उल्लेख गरेर जानुपर्ने आफूहरूको धारणा रहेको बताए।
जोखिमयुक्त, संकटग्रस्त सहकारीका बारेमा पनि बोलेर जाउँ, त्यसका सँगसँगै सहकारीबाट विभिन्न व्यक्ति, निजी कम्पनीमा रकम अपचलन, हिनामिना, दुरुपयोग भएको छ, यसको बारेमा पनि छानबिन गरेर जाउँ भन्दा सत्ता पक्ष तयार नभएको उनले बताए।
साभार : काठमाडौं प्रेस
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
काठमाडौं, मंसिर ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द..
15 घन्टा पहिले
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
झापा,२०८१ मंसिर ८ गते । सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगाय..
15 घन्टा पहिले
विवाह पञ्चमीको तयारी गर्न मुख्यमन्त्री सिंहको निर्देशन
जनकपुर,मंसिर ७ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मङ्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीत..
2 दिन पहिले
मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनि..
काठमाडौं, मंसिर ६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरक..
2 दिन पहिले
स्थानीय तह उपनिर्वाचन: ४१ ठाउँमा २० दल र स्वतन्त्रसहित ३..
काठमाडौं, मंसिर ६ । स्थानीय तह उपनिर्वाचनको कार्यतालिका अन्तर्गत बुधबार निर्वाचन आयोगले उम्मेदवारको अन्तिम..
3 दिन पहिले