Janakpurdham
Sun, May 10, 2026
`

टुक्रे बजेट माग्ने अनि संस्थागत सुधार खोज्ने : सांसद झा

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ २९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले ‘संस्थागत पुनर्संरचना कहिले गर्ने?’ भन्दै प्रश्न गरेका छन्। उनले पुरानै फाइल खोलेर ‘इडिट’ गरेर कहिलेसम्म बजेट ल्याउने भन्दै उनले यसरी संस्थागत सुधार नहुने टिप्पणी गरे।

मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उनले यो निर्माणमा कठोर भएर सोच्नुपर्ने बेला आएको बताए।

‘टुक्रे बजेट माग्ने अनि देशमा संस्थागत सुधार खोज्ने?,’ उनले भने । उनले बजेट निर्माण अभ्यास नै पुनरवलोकन गर्दै परिणामुखी बनाउन आवश्यक भएको औँल्याए।

श्रम मन्त्रालय भन्नासाथ वैदेशिक रोजगारी मात्र सोचिएको उनले बताए।

‘वैदेशिक रोजगारीमा सीपयुक्त मानिस कत्तिको पठाइँदै छ?,’ भन्दै उनले प्रश्न गरे, ‘श्रम हाम्रा लागि अभिशाप हो भन्ने सोँच्छौं। तर, श्रम अवसर हो भनेर विश्व बनाउन हामीले योगदान गरेका छौँ भनेर हामीले गर्व गर्ने कि?,’ उनले भने।

साभार : काठमाडौं प्रेस

`
12 comments
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोज..

काठमाडौं, वैशाख २६ : कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनम..

3 घन्टा पहिले

‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यस..

कैलाली, वैशाख २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा..

3 घन्टा पहिले

सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीक..

धनुषा, वैशाख २५ : जगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना निकालेपछि जारी गरेपछि धनुषाको महेन्द्र..

1 दिन पहिले

पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यला..

काठमाडौं, वैशाख २५ : प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सु..

1 दिन पहिले

नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा..

काठमाडौं, वैशाख २४ : विदेशी नागरिकहरूले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न अध..

2 दिन पहिले