टुक्रे बजेट माग्ने अनि संस्थागत सुधार खोज्ने : सांसद झा
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, जेठ २९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले ‘संस्थागत पुनर्संरचना कहिले गर्ने?’ भन्दै प्रश्न गरेका छन्। उनले पुरानै फाइल खोलेर ‘इडिट’ गरेर कहिलेसम्म बजेट ल्याउने भन्दै उनले यसरी संस्थागत सुधार नहुने टिप्पणी गरे।
मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उनले यो निर्माणमा कठोर भएर सोच्नुपर्ने बेला आएको बताए।
‘टुक्रे बजेट माग्ने अनि देशमा संस्थागत सुधार खोज्ने?,’ उनले भने । उनले बजेट निर्माण अभ्यास नै पुनरवलोकन गर्दै परिणामुखी बनाउन आवश्यक भएको औँल्याए।
श्रम मन्त्रालय भन्नासाथ वैदेशिक रोजगारी मात्र सोचिएको उनले बताए।
‘वैदेशिक रोजगारीमा सीपयुक्त मानिस कत्तिको पठाइँदै छ?,’ भन्दै उनले प्रश्न गरे, ‘श्रम हाम्रा लागि अभिशाप हो भन्ने सोँच्छौं। तर, श्रम अवसर हो भनेर विश्व बनाउन हामीले योगदान गरेका छौँ भनेर हामीले गर्व गर्ने कि?,’ उनले भने।
साभार : काठमाडौं प्रेस
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
15 घन्टा पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
15 घन्टा पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
4 दिन पहिले