सांसदलाई ५ करोड दिने मधेश सरकारको निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं , जेठ ३० गते । मधेश प्रदेशका प्रदेश सांसदलाई रकम वितरण गर्ने भनि मधेश प्रदेश सरकारले गरेको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले कारण देखाउ आदेशसहित लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
मधेश प्रदेश सरकारले प्रदेश सभाका सांसदलाई पाँच करोडको योजना वितरण गर्ने निर्णय विरुद्ध मंगलबार सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।
मधेश प्रदेश सरकारको उक्त निर्णय विरुद्ध नेपालको संविधानको धारा ४६ र १३३ बमोजिम उत्प्रेषणयुक्त परमादेश आदेश जारी गरी पाउँ भन्दै कानूनका विद्यार्थी मनिसकुमार मण्डल, पारितोशकुमार साह, आविद हुसैनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशलाई विपक्षी बनाउदैँ मुद्दा दायर गरेका थिए ।
व्यवस्थापिकाले कानून बनाउने, कार्यपालिकाले कानून कार्यान्वयन गर्ने र न्यायापालिकाले कानूनको व्याख्या गर्ने भए पनि व्यवस्थापिकाले कार्यपालिका सरह योजना चलाउने काम गर्नु प्रथम दृष्टिमै लोकतान्त्रिक राज्यमा शक्ति पृथकीकरणको सर्वमान्य सिद्धान्त विपरित भएको रिटमा उल्लेख छ ।
साथै मुख्यमन्त्रीले गरेको निर्णयबाट व्यवस्थापिका अन्तर्गतका प्रदेश सभा सदस्यलाई वडा र नगरपालिका सरहको योजना बाड्नुले संविधानको धारा १६२, धारा २१४ अन्तरगतका अधिकारमा हस्तक्षेप हुने रिटमा भनिएको छ ।
जनताको करबाट उठेको पैसा प्रदेश सरकारले योजनावद्ध रुमा विकास निर्माणको काममा खर्चिनुपर्नेमा अहिलेको मुख्यमन्त्रीको निर्णयले जनताको मर्म अनुसारको विकास भन्दा पनि प्रदेश सभा सदस्य र तिनका सुभचिन्तक कार्यकर्ता पालनपोषण गर्ने आधार खडा गर्न खोजिएको उल्लेख छ ।
साभार : काठमाडौं प्रेस
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
23 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
23 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
2 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
2 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
3 दिन पहिले