मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारौँ : गगन थापा
1 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारप्रसार भइरहेको भन्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत बाहिर सार्वजनिक भएको विषयमाथि स्पष्ट पार्दै थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन पार्टीभित्रको स्वस्थ्य आन्तरिक लोकतान्त्रिक प्रक्रिया भएको उल्लेख गरेका छन् । उनले यसपटक कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका छन् ।
आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारहरूको सूचीबारे स्पष्ट पार्दै उनले कुनै पनि अफवाहमा नलाग्न र त्यस्ता प्रचारबाट भ्रममा नपर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् । थापाले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राख्दै आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न अनुरोध गरेका छन् ।
केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया शुरू भएको सन्दर्भमा उनले निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो भएको उल्लेख गर्दै प्रतिनिधिहरूमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेका छन् । प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै थापाले निर्वाचन प्रक्रियामा मर्यादित, संयमित र उत्साहपूर्ण सहभागिताका लागि आग्रह गरेका छन् ।
साभार ः काठमाडौं प्रेस
मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारà..
काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारà..
1 घन्टा पहिले
सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनश..
काठमाडौँ, असोज २३ : सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वको समय..
2 घन्टा पहिले
नेपालले आफ्ना उत्पादनलाई ब्राण्डिङ गरेर विश्व बजारमा लà..
काठमाडौं, असाेज २२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले नेपालले आफ्ना मौलिक उत्पादन, पहिचान र सà¤..
23 घन्टा पहिले
विधि, नियम मिचेर थुप्रो मान्छे भेला गर्दैमा कांग्रेस बलि..
काठमाडौं, असाेज २२ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र प्रक्रिया मिचेर गरिने गतिविधà¤..
23 घन्टा पहिले
इन्टरनेट मतदान प्रणाली लागू गर्ने दिशामा निर्वाचन आयोग
काठमाडौं, असाेज २१ : निर्वाचन आयोगले नेपालमा इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्ने दिशामा आवश्यक प्राविधिक तà..
2 दिन पहिले