Janakpurdham
Thu, Oct 15, 2026
`

महाेत्तरीमा बालमैत्री अभियान सम्बन्धि तीन दिने प्रशिक्षण सुरू

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, जेठ ३१ गते । महोत्तरीमा दलित समाज उत्थान समिति नेपाल जलेश्वरको आयोजनामा बालमैत्री स्थानीय शासन कार्यान्वयन सम्बन्धि तीन दिने अभिमुखिकरण कार्यक्रम बिहिवार देखि सुरु भएको छ । वर्ल्ड भिजन नेपालको आर्थिक सहयोगमा र एकडारा गाउंपालिकाका समन्वयमा संचालित सो तालिममा सहभागीहरुलाई CFLG (बालमैत्री) का महन्वपूर्ण अभियानहरुका बारेमा सशक्त बनाउन प्रशिक्षण दिइदै छ । एकडारा गाउंपालिकाका अध्यक्ष एवं उदघाट्न कार्यक्रमका प्रमुख अतिथि दिप नारायण मण्डलले बालबालिकाको सुरक्षा, संरक्षण, विकास तथा हितको लागि गुणस्तरी शिक्षा तथा स्वास्थ्य जरुरी रहेको बताए ।

उनले बालमैत्री स्थानीय शासन कार्यन्वयन सम्बन्धि अभियानलाई सफल पार्न एकडारा गाउंपालिका निरन्तर प्रयासरत रहेको तथा पछि नहट्ने प्रतिबद्धता ब्यक्त गरे । उनले बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणाका लागि सम्पूर्ण सरोकारवालाहरुलाई मिलेर जान आग्रह गरे । वर्ल्ड भिजन नेपाल महोत्तरीका जिल्ला इन्चार्ज दिलिप यादवले विकासको सोचमा एकडारा गाउंपालिका अरु पालिकाको तुलनामा अगाडि भएको धारणा राखे । उनले संस्थागत रुपमा ब्यवस्थित भई बालमैत्री स्थानीय शासन तथा बाल संरक्षण सम्बन्धमा नीति तथा कानून निमाण गर्न प्रेरित गरे । उनले मधेश प्रदेशमा वर्ल्ड भिजन नेपाल ५१ वटा सूचकहरुमा काम गरिरहेको समेत ध्यानाकर्षण गराए । दलित समाज उत्थान समिति नेपाल जलेश्वरकी अध्यक्ष डेजि पाण्डेले बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्न बालअधिकारका सवाललाई मूलप्रवाहीकरण गरी प्रतिबद्धताहरुलाई व्यवहारमा ल्याउन जरुरी रहेको बताईन् ।

उनिले महोत्तरीमा सवैभन्दा पहिले एकडारा गाउंपालिकावाट बालमैत्रीे स्थानीय शासन अवलम्बन तथा घोषणाको सुरुवाती हुने विश्वास व्यक्त गरिन् । फिउचर नेपाल संस्था काठमाण्डौंका प्रशिक्षक नवराज थापाले बालबालिकाको मस्तिष्क विकासमा वंशानुगत गुण तथा वातावरणको प्रमुख भूमिका रहेको जनाए । उनले बालबालिकाको भावना बुझि कुनै प्रकारको शारीरिक तथा मानसिक यातना नदिई उनीहरुको जिम्मेवारी प्रति अभिभावकलाई पनि सम्वेदनशील रह्न सुझाव दिए । कार्यक्रममा एकडारा गाउंपालिकाका प्रशासकिय अधिकृत सुवोध कुमार महतो, महिला तथा बाललालिका अधिकृत इव्राहिम नदाफ, वडाअध्यक्ष रामविलास राय, दर्वेश राय, सखिचन्द्र यादव, दलित समाज उत्थान समिति नेपाल जलेश्वरका कार्यक्रम सञ्चालक प्रेम बहादुर बुढाथोकी, सामाजिक परिचालनकर्ता राम उदिस राम लगायतका उपस्थिति रहेको थियो ।

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

23 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

23 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

2 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

3 दिन पहिले