राष्ट्रिय क्रिकेट खेलाडीले पाए जनही १३ लाख
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं , असार २ गते । युवा तथा खेलकुद मन्त्रालयले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले जनही १३ लाख प्रदान गरेको छ । टी-२० विश्वकपका लागि छनोट हुन सफल १५ खेलाडीसहित प्रशिक्षक, टीम व्यवस्थापन, सहायक प्रशिक्षक र फिजियोलाई नगद २ करोड ९७ लाख १० हजार रुपैयाँ प्रदान गरेको हो ।
मन्त्रालयमा आइतबार एक कार्यक्रम गर्दै १५ जना खेलाडीलाई जनही १३ लाख रुपैयाँ प्रदान गरेको हो । यस्तै टीम व्यवस्थापक सुमनराज कार्कीलाई १ लाख ९५ हजार, मुख्य प्रशिक्षक मोन्टी देसाईलाई ३ लाख ९० हजार, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेलाई समान १ लाख ९५ हजार प्रदान गरिएको हो ।
नेपाली टोली विश्वकपमा छनोट भएसँगै सरकारले राष्ट्रिय क्रिकेट टीमलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो ।
उक्त कार्यक्रममै १९औं एसियाली खेलकुदमा रजत विजेता एरिका गुरूङ, १९औं एसियाली खेलकुदमा काँस्य पदक विजेता राष्ट्रिय महिला कबड्डी टीम, चौथो एसियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धनलाई समेत नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
एरिकालाई १९ लाख ५० हजार, उनका प्रशिक्षक कुशल श्रेष्ठलाई २ लाख ३४ हजार, सहायक प्रशिक्षक छोरी डंगोल र वीरकृष्ण शाहीलाई समान ७८ हजार र व्यवस्थापक निवास गोपाल वैद्यलाई १ लाख ९५ हजारसहित सम्मान गरिएको हो ।
मन्त्रालयले १९औं एसियाली खेलकुदमा महिलातर्फ कबड्डीमा काँस्य पदक ल्याउने १२ जना खेलाडीलाई जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षकलाई २ लाख ६० हजार, सहायक प्रशिक्षक र टीम व्यवस्थापकलाई जनही १ लाख ३० हजार प्रदान गरेको हो ।
चौथो एसियाली पारा खेलकुदमा काँस्य पदक ल्याउने पलेशालाई १३ लाख, उनका प्रशिक्षकलाई २ लाख ६० हजार र टीम व्यवस्थापकलाई १ लाख ३० हजार रुपैयाँसहित मन्त्रालयले सम्मान गरेको छ ।
साभार : नेपाल प्रेस
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
23 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
23 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
2 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
2 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
3 दिन पहिले