Janakpurdham
Thu, Oct 15, 2026
`

मनसुन पूर्वतयारी योजना निर्माण गर्दै मधेश प्रदेश सरकार

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, जेठ ४ गते । मधेश प्रदेशमा यसवर्ष औषत भन्दा बढी वर्षा हुने भएपछि मधेश प्रदेश सरकार मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाको निर्माण सहितको तयारीमा जुटेको छ । 

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएको पूर्व तयारी बैठक तथा सम्भावित जोखिम र त्यसपछिको उद्धार एवं राहतको विषयमा सरोकारवालाहरूको सहभागितामा आज जनकपुरधाममा बृहत् बैठकमा सम्पन्न भएको छ ।   

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको सहभागितामा भएको सो बैठकमा मधेश प्रदेश सरकारका उच्च अधिकारीहरू सबै सुरक्षा निकायका प्रदेश स्तरका प्रमुखहरूको सहभागितामा भएको बृहत् बैठकमा यस पटक अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेकाले प्रदेशमा अत्यधिक वर्षाले आउने बाढी तथा डुबानबाट प्रदेशवासीलाई कसरी जोगाउने विषयमा छलफल भएको छ । 

हेविट्याटको सहयोगमा सम्पन्न भएको बैठकमा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सरकारसँग साधन श्रोत पनि रहेकाले प्रदेशमा प्राकृतिक विपत्तिमा परेका नागरिकहरूलाई समयमा उद्धार तथा राहत दिन चाहेपनि संघीय कानुनमा भएको प्रावधानका कारणले शीघ्र रुपमा गर्न नसकेको बताउनु भयो । 

उहाँले यस्ता कानुनहरूमा भएको व्यवधानलाई फुकाएर प्राकृतिक विपत्तिको समयमा काम गर्नका लागि अवसर प्रदान गर्नका लागि संघीय सरकारसँग माग पनि गर्नु भयो । मुख्यमन्त्री सिंहले अहिले विभिन्न खोलामा बनेको पुलहरू बालुवा गिट्टीका कारणले पुरिने अवस्थामा पुगेको र ती पुलहरूलाई सुरक्षित गर्नका लागि प्रदेश सरकारले काम गर्न खोज्दा गर्न नपाउने कानूनी व्यवस्था भएको बताउनु भयो । 

उहाँले प्रदेश सरकारले प्राकृतिक विपत्तिमा परेको १ लाख परिवारलाई लक्षित गरेर बिमा गरिदिने गरि बजेटमा कार्यक्रम ल्याएको बताउँदै प्राकृतिक विपत्तिको समयमा काम गर्नका विद्यालय तहमा नै स्वयं सेवक सम्बन्धि प्रशिक्षण दिन आवश्यक भएको बताउनु भयो । 

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले प्राकृतिक विपत्तिबाट जोगिनका लागि जनकपुरधाम उपमहानगरपालिकाले ढलको नियमित सरसफाई तथा नगर बाहिर रहेको दुई खोलामा तटबन्ध निर्माण गर्ने पक्षमा लागेको बताउनु भयो ।

साभार : रेडियो नेपाल

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

23 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

23 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

2 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

3 दिन पहिले