Janakpurdham
Tue, Aug 05, 2025
`

बैदहीमा सचेतना कार्यक्रम सम्पन्न

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम असार ३ गते । धनुषा जिल्लाको बिदेह नगरपालिका ९ बैदहीका आमा समुहका सदस्यहरुलाई मंगलबार सचेतना कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बिदेह नगरपालिकाको समन्वय तथा सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरधामको आयोजनामा पानी सुरक्षा सप्ताह अन्तरगत त्यहाका आमा समुहलाई बालबालिकाहरुलाई पानीमा डुब्नबाट बचाउन सचेतना बढाउन अन्तरक्रिया गरिएको छ ।

सशक्त बालिका परियोजना अन्रतगत आमा समुहका सदस्यहरुलाई स्वास्थ्य स्वय.सेविका रंजना पाण्डेले बालबालिकाहरुलाई ििबभन्न प्रकारका दुर्घटनाबाट बचाउन जानकारी दिनुभएको थियो । सो कार्यक्रममा ईटहर्वा स्वास्थ्य चौकीका ईचार्ज अनिल कुमार यादवले सुनौलो हजार दिनका फाइदानहरुका बारेमा जानकारी गराउदै बालबालिकाहरुको उचित स्याहार तथा पोषणका बारेमा सहभागी आमा समुहका सदस्यहरुलाई जानकारी गराउनु भएको थियो ।

सो कार्यक्रममा केन्द्रका सशक्त बालिका परियोजनाका कार्यक्रम अधिकृत निकिता सिँह यादवले साना बालबालिकाहरुलाई घरमा हुने दुर्घटनाबाट बचाउन आमाले खेल्नुपर्ने भुमिकाकोे बारेमा जानकारी गराउनु भएको थियो । सहभागीहरुलाई फिल्ड सुपरभाईजर विजय कुमार साह तथा निर्मला चौधरीले अहिले सम्मको कामहरुका बारेमा जानकारी लिदै परियोजना अन्तरगत सिकेका कुरालाई आफ्ना बालबालिकाहरुको विकासमा लगाउन सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । आफुहरुले यो परियोजना आए देखि आफ्नो साना बालबालिकाहरुको सर्वाङिगक विकासका लागि धेरै कुराहरुको बारेमा जानकारी दिएको आमा समुहका अध्यक्ष बबिता सादाले जानकारी दिनुभयो । सो वडाका दलित महिला सदस्य लक्षमिनियाँ सादाले सामाजिक विकास र अनुसन्धान केन्द्रले आफुहरुको दलित बस्तीका बालबालिकाहरुको क्षेत्रमा धेरै जनचेतनाका कार्यक्रमहरु गरेको जानकारी गराउनु भयो ।

`
12 comments
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

1 दिन पहिले

लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..

काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..

1 दिन पहिले

‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..

2 दिन पहिले

जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी ..

मोरङ, साउन १७ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्..

2 दिन पहिले

जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त..

काठमाडौं, साउन १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थाय..

4 दिन पहिले