Janakpurdham
Thu, Oct 15, 2026
`

नियमित योग अभ्यास जरुरी : प्रदेश प्रमुख भण्डारी

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,जेठ ५ गते ।   मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्र सुवेदी भण्डारीले मानव जीवनलाई मानसिक तथा शारीरिक रुपमा स्वस्थ बनाउनका लागि योग तथा प्राकृतिक चिकित्साको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ । 

प्रदेश प्रमुख भण्डारीले १०औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर बीरगञ्ज स्थित भारतीय वाणिज्य दूतावासले आज जनकपुरधामको ऐतिहासिक तिरहुतियागाछीमा आयोजना गरेको योग शिविरमा बोल्नु हुँदै सो कुरा बताउनु भएको हो । 

उहाँले नेपालको हिमालय क्षेत्रमा वैदिक का देखि नै ऋषिमुनिहरुले योग गरेको  उल्लेख गर्नुहुँदै योग तथा प्राकृति चिकित्सकको अध्ययन अध्यापन नेपाल संस्कृत विश्व विद्यालयको वाल्मीकि विद्यापीठमा अहिले पनि हुने गरेको बताउनु भयो । 

प्रदेश प्रमुख भण्डारीले योगलाई आयुर्वेदसँग जोडेर विकास गर्नका लागि नै नरदेवी आयुर्वेद कलेजले निक्कै पहिलादेखि अध्ययन अध्यापन गर्दै आएको  बताउनुहुँदै नेपाल सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउँदै आएको बताउनु भयो । 

उहाँले सबै प्रकारको रोगबाट लड्न तथा निरोगी बन्नका लागि नियमित रुपमा योगाभ्यास गर्नका लागि सुझाव दिनु हुँदै अहिले विश्व जगत नै योगप्रति आकर्षित हुन थालेकोमा खुशी व्यक्त गर्नुभयो । 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले युवा वर्गलाई गलत मार्गबाट जोगाउनका लागि योग तथा ध्यान तर्फ आकर्षित गर्न जरुरी रहेको बताउनु हँुदै योगको अभ्यास नियमित रुपमा घर घरमा हुनु पर्ने धारणा राख्नु भयो । 

उहाँले युवा सहित सबै वर्गका व्यक्तिहरू स्वास्थ्य भएको खण्डमा मात्र राष्ट्र स्वास्थ्य भएर समृद्धिको मार्गमा जाने भएकाले मानव जीवन सफल बनाउनामा योग तथा प्राकृतिक चिकित्साको निक्कै ठूलो महत्व भएको बताउनु भयो । 

नेपालको वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत वेवी सहाय मिनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको महासभामा २१ जूनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउका लागि प्रस्ताव गरेपछि नेपालसहित १ सय ७२ राष्ट्रले समर्थन गरेपछि प्रत्येक वर्ष विभिन्न कार्यक्रमसहित विश्वभरि नै योगदिवस मनाउन थालिएको बताउनु भयो । 

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले मानव जीवनलाई मानसिक तथा शारीरिक रुपमा स्वास्थ्य राख्नका लागि नियमित रुपमा योग गर्न आवश्यक भएको बताउनुभयो । 

नेपाल सहित विश्व भरिमा तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर अन्तर्राष्ट्रिय योगदिवस आज देखि मनाउन थालिएको छ । जनकपुरधाममा योगको महत्व दर्शाउनका लागि तीन दिनको कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । 

साभार : रेडियो नेपाल

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

23 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

23 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

2 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

3 दिन पहिले