Janakpurdham
Tue, Oct 20, 2026
`

बजेट विनियोजनमा हस्तक्षेप गरी पुनर्लेखन गर्न कांग्रेसको माग

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार ५ : नेपाली कांग्रेसले शक्ति र सत्ताको दुरुपयोग गरी मन्त्रीहरूले आफ्नै क्षेत्रमा अधिकांश बजेट लगेको बताउँदै यस्तो कार्य रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले हस्तक्षेप गर्नुपर्ने बताएको छ।

मन्त्रालयहरुको बजेट विनियोजनमा हस्तक्षेप गरेर पुनर्लेखन गर्नुपर्ने भनाई कांग्रेसको छ। प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताए।

बजेटको मुल मान्यतामा नै त्रुटी भएको भनाई लेखकको थिया । लेखकले प्रधानमन्त्रीले मन्त्रीहरूलाई बोलाएर बजेट पुःलेखन गर्न लगाउनुपर्ने, अन्यथा प्रधानमन्त्री नै बेठीक ढंगको बजेट विनियोजनमा संलग्न रहेको निस्कर्ष निस्कने बताए।

‘मन्त्रीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको छ,’ प्रमुख सचेतक लेखकले भने, ‘यो शक्ति र सत्ताको दुरुपयोग हो। बजेट कसले पायो र पाएन भन्ने भन्दा पनि बजेटको मुल मान्यतामा नै त्रुटी भयो।’

सदनमा कुरा उठिसकेपछि राजनीतिक र नैतिक दबाबमा प्रधानमन्त्री हुनुपर्ने भनाई लेखकको थियो।

लेखकले भने, ‘प्रधानमन्त्रीजी र अर्थमन्त्रीजीले यो बजेट विनियोजनमा हस्तक्षेप गर्नुपर्छ। ति मन्त्रीलाई यो विनियोजन कसरी गर्नुभयो भनेर प्रश्न गर्नुपर्छ र मन्त्रालयको बजेट संशोधन गर्नुपर्छ।’

साभार : काठमाडौं प्रेस

`
12 comments
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे कà..

काठमाडौँ, कार्तिक ३ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घà..

4 घन्टा पहिले

आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै

काठमाडौँ, कार्तिक ३ गते । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष à¤..

4 घन्टा पहिले

बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै

काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..

2 दिन पहिले

कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..

काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..

2 दिन पहिले

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

3 दिन पहिले