Janakpurdham
Tue, Oct 28, 2025
`

मधेश प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. साह नियुक्त

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असार ६ गते । मधेश प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सोहन प्रसाद साह नियुक्त भएका छन् ।जनकपुरधाम उपमहानगरपालिका १ घर भएका  साहलाई मुख्यमन्त्री सतिश कुमार सिंहले आज आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । उनी आजै पदभार ग्रहण गर्ने बुझिएको छ ।

तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवले आयोगको उपाध्यक्षमा डा. नथुप्रसाद चौधरीलाई नियुक्त गरेका थिए । तर सरकार फेरिएसँगै उनलाई वर्तमान मुख्यमन्त्री सिंहले पदमुक्त गरेर डा. साहलाई आयोगमा भित्र्याएका हुन् ।

आयोगको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ । आयोगको सदस्यमा डा. हरि शंकर प्रसाद साह, डा. शिला मिश्र, रामचन्द्र पण्डित र बज्रकिशोर यादव छन् । 

अहिले उपाध्यक्ष नियुक्त भएका डा. साह आयोगको सदस्यमा करिब तीन महिना काम गरेका छन् । अघिल्लो सरकारमा जनमत पार्टीको कोटाबाट उनी सदस्य नियुक्त भएका थिए ।

साभार : नेपाल प्रेस

`
12 comments
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

4 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

4 घन्टा पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

1 दिन पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

1 दिन पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

3 दिन पहिले