Janakpurdham
Thu, Oct 15, 2026
`

मधेश प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. साह नियुक्त

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असार ६ गते । मधेश प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सोहन प्रसाद साह नियुक्त भएका छन् ।जनकपुरधाम उपमहानगरपालिका १ घर भएका  साहलाई मुख्यमन्त्री सतिश कुमार सिंहले आज आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । उनी आजै पदभार ग्रहण गर्ने बुझिएको छ ।

तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवले आयोगको उपाध्यक्षमा डा. नथुप्रसाद चौधरीलाई नियुक्त गरेका थिए । तर सरकार फेरिएसँगै उनलाई वर्तमान मुख्यमन्त्री सिंहले पदमुक्त गरेर डा. साहलाई आयोगमा भित्र्याएका हुन् ।

आयोगको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ । आयोगको सदस्यमा डा. हरि शंकर प्रसाद साह, डा. शिला मिश्र, रामचन्द्र पण्डित र बज्रकिशोर यादव छन् । 

अहिले उपाध्यक्ष नियुक्त भएका डा. साह आयोगको सदस्यमा करिब तीन महिना काम गरेका छन् । अघिल्लो सरकारमा जनमत पार्टीको कोटाबाट उनी सदस्य नियुक्त भएका थिए ।

साभार : नेपाल प्रेस

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

22 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

22 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

2 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

3 दिन पहिले