
झण्डै १५ लाखसहित पक्राउ परेका भारतीय नागरिक पिसाब फेर्ने बहानामा भन्सार कार्यालयबाटै फरार
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम ,जेठ ७ गते । हुण्डी कारोबारको आरोपमा पक्राउ परेका एक भारतीय नागरिक पिसाब फेर्ने बहानामा गौर भन्सार कार्यालयबाटै फरार भएका छन् ।फरार हुनेमा भारतीय नागरिक ३१ वर्षीय गजेन्द्र राय छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका ७ बंकुलस्थित भन्सार गेटबाट मोटरसाइकलसहित पक्राउ गरेको थियो ।सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि रायलाई बिहिबार गौरस्थित भन्सार कार्यालय लगेको बेला भागेका हुन् । ‘रायले पिसाब फेर्ने बहाना बनाएर शौचालयतिर गए, सोही क्रममा भागे’, सशस्त्र प्रहरी स्रोतले भन्यो ।
राय फरार हुनुमा सशस्त्र प्रहरीको चरम लापरवाही देखिएको छ । लापरवाही ढाकछोप गर्न सशस्त्र प्रहरीले घटना बाहिर ल्याउन चाहेका छैनन् । उनलाई पुनः समात्न सीमा नाकामा कडाई गरिएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी एसपी दिलीप घिमिरेले घटनाबारे थाहा नभएको बताएका छन् ।
साभार : नेपाल प्रेस

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
1 दिन पहिले
लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..
काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..
1 दिन पहिले
‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’
काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..
2 दिन पहिले
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी ..
मोरङ, साउन १७ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्..
2 दिन पहिले
जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त..
काठमाडौं, साउन १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थाय..
4 दिन पहिले