Janakpurdham
Tue, Aug 05, 2025
`

लैँगिक हिँसा न्युनीकरण मधेशको विकराल समस्या

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असार ७ गते । मधेश प्रदेशमा लैँगिक हिँसा न्युनीकरण सम्बन्धी विभिन्न संंस्थाहरुले काम गरिरहेपनि कानुनको पालनामा सख्त नभएको कारणले हिँसा बढीरहेको अवस्था रहेको एक कार्यक्रममा वक्ताहरुले जनाएका छन् । समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा केयर नेपालको सहयोग तथा इन्सेकको समन्वयमा भएको लैँगिक हिँसा न्युनीकरणका लागि अबको दिशा निर्देशन सम्बन्धी प्रदेश स्तरीय छलफल कार्यक्रममा बोल्दै मधेश प्रदेश खेलकुद तथा समाज कल्याण मंत्रालयका सचिब देवकुमारी खत्रीले हिँसामा परेका जनसमुदायको तथ्यांक नभएकाले कार्य गर्न समस्या भईरहेको बताउनु भयो ।

उहाँले पालिकाहरुले आफ्ना वडाहरुमा रहेका विभिन्न समुदायका तथ्यांक बनाई सार्वजनिक गर्दा त्यसको आधारमा लैँगिक हिँसा न्युनीकरणका लागि काम गर्न सकिने बताउनु भयो । सो कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका प्रमुख मञ्जु खतिवडाले मधेश प्रदेशमा छोरीहरु जन्मिदै नपाइरहेको अवस्था रहेको बताउनु भयो । भ्रुण हत्या भईरहेकाले यो भन्दै ठुलो लैँगिक हिँसा के हुनु भनेर प्रश्न गर्नुभयो ? फोरेन्सिक ल्याबको आभावमा बलात्कारका आरोपीलाई कानुनी दायरामा ल्याउन समस्या भईरहेकाले प्रदेश स्तरमा नै त्यस्ता ल्याब संचालन गर्नुपर्ने माग गर्नुभयो । समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोशी महतोको अध्यक्षतामा भएको सो साहस परियोजना अन्तरगतको छलफल कार्यक्रममा परियोजनाको उद्देश्यका बारेमा कार्यकारी निर्देशक देवराज पोखरेलले जानकारी गराउनु भयो ।

सो कार्यक्रममा मधेशमा लैँगिक हिँसाको अवस्थाका बारेमा इएन्सेकका प्रदेश प्रमुख राजु पासमानले प्रस्तुतीकरण गर्दै कानुनी समस्या र बर्तमान अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागीहरुले महिलालाई शिक्षा सहितको आर्थिक क्षेत्रमा पहुँच नबढे सम्म उनिहरु मथि हिँसा हुने भएकाले यस तर्फ सरोकारबलाहरुले ध्यान दिनुपर्ने बताउनु भयो । कार्यक्रमको संचालन साहस परियोजनाका परियोजना संयोजक देवकुमार महतोले गर्नुभएको थियो ।

`
12 comments
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

1 दिन पहिले

लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..

काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..

1 दिन पहिले

‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..

2 दिन पहिले

जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी ..

मोरङ, साउन १७ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्..

2 दिन पहिले

जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त..

काठमाडौं, साउन १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थाय..

4 दिन पहिले