Janakpurdham
Tue, Aug 05, 2025
`

बैदेशिक रोजगारमा जान सक्ने कामदारलाई अभिमुखिकरण

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, ८ गते असार । बैदेशिक रोजगारमा जान सक्ने सम्भावित कामदारहरुलाई सामुदायिक परिवार कल्याण संघ(सिएफडब्लुए)ले समुहगत रुपमा दुई दिने अभिमुखिकरण तालिम प्रदान गरेको छ । धनुषा जिल्लाको नगराईन नगरपालिका अन्तरगतका ७५ जना सम्भावित बैदेशिक रोजगारमा जानेहरुलाई उक्त तालिम प्रदान गरिएको संस्थाका कार्यकारी निर्देशक लक्ष्मेश्वर मंडलले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा नगराईनमा भएको दुई दिने अभिमुखिकरणको समापन सत्रमा बोल्दै प्रमुख अतिथि सो नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रामप्रमोद राउतले सके स्वदेशमै रोजगार गर्नुपर्ने बताउदै बैदेशिक रोजगारीमा जाने पर्ने भए सिप सिकेर आफुले जाने देशको एैन कानुन समेत बुझेर मात्र बैदेशिक रोजगारीमा जान सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । सहभागीहरुलाई अभिमुखिकरणको क्रममा कार्यकारी निर्देशक लक्ष्मेश्वर मंडल तथा प्रशिक्षक प्रतिभा मंडलले सहजिकरण गर्नुभएको थियो ।

उक्त अभिमुखिकरणको मुख्य उद्देश्य बैदेशिक रोजगारीमा जानु भन्दा पहिला तालिम लिएर सम्पुर्ण प्रक्रियाको बारेमा जानकारी, बैदेशिक रोजगारीमा जानुपुर्वको तयारी, सम्बन्धित देशको ऐन कानुन, बिदेश गईसकेपछि अपनाउनुपर्ने सावधान लगायत अन्य जानकारी उक्त अभिमुखिकरणमा सहभागीहरुलाई दिइएको कार्यकारी निर्देशक मंडलले जानकारी दिनुभयो । अभिमुखिकरणको समापद सत्रमा नगराईन नगरपालिकाका कृषि अधिकृत गंगाराम यादवको समेत उपस्थिती रहेको थियो । नगराईन नगरपालिकाको सहयोगमा असार ३ र ४ गते देवडिहामा, ५ र ६ गते फुलगामा तथा ७ र ८ गते नगराईन २५–२५ जनालाई उक्त अभिमुखिकरण तालिम दिइएको छ । शनिवार सम्पन्न भएको अभिमुखिकरणमा नगराईन नगरपालिका वडा नं. २,५,६ र ९ का २५ जनाको सहभागिता रहेको थियो ।

`
12 comments
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

1 दिन पहिले

लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..

काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..

1 दिन पहिले

‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..

2 दिन पहिले

जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी ..

मोरङ, साउन १७ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्..

2 दिन पहिले

जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त..

काठमाडौं, साउन १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थाय..

4 दिन पहिले