Janakpurdham
Thu, Oct 15, 2026
`

जनकपुरधाममा भोली देखि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम , असार १० गते ।  जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल भोली देखि सुरु हुन लागेको छ ।

दुई दिनसम्म चल्ने सो फिल्म फेस्टिभलको विषयमा आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुलुक सङ्घीयतामा गएपछि पहिलो पटक मैथिली भाषाको अन्तर्राष्ट्रिय फिल्म फेष्टिवल हुन लागेको लोक सञ्चारका अध्यक्ष एवं कार्यक्रमका संयोजक रमेश रञ्जन झाले जानकारी दिनु भएको हो ।  

जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामको संयुक्त आयोजनामा हुन लागेको सो अन्तर्राष्ट्रिय फिल्म फेष्टिवल जनकपुरधामको अशा चलचित्र मन्दिरमा हुने आयोजकले जानकारी दिएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उद्घाटन गर्नुहुने सो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ललका पाग, लोटस ब्लुम्स, समानान्तर गरेर तीन वटा फिचर फिल्मको प्रदर्शन हुने जानकारी कार्यक्रमका संयोजक एवं कलाकार रमेश रञ्जन झाले दिनु भएको हो ।

यसै गरि वृत्तचित्र गुमकी र विद्यापत तथा लघु फिल्म रक्त तिलक, अफवाह प्रदर्शन हुनेछन् । यसका साथै मैथिली सिनेमाको निर्माण र व्यवसाय तथा समकालीन परिदृश्यमा मैथिली सिनेमा विषयमा विमर्श हुने कार्यक्रम रहेको छ । भोली ११ बजेबाट अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको उद्घाटन हुने कार्यक्रम रहेको छ ।

साभार : रेडियो नेपाल

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

22 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

22 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

2 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

3 दिन पहिले