
जनकपुरधाममा भोली देखि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम , असार १० गते । जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल भोली देखि सुरु हुन लागेको छ ।
दुई दिनसम्म चल्ने सो फिल्म फेस्टिभलको विषयमा आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुलुक सङ्घीयतामा गएपछि पहिलो पटक मैथिली भाषाको अन्तर्राष्ट्रिय फिल्म फेष्टिवल हुन लागेको लोक सञ्चारका अध्यक्ष एवं कार्यक्रमका संयोजक रमेश रञ्जन झाले जानकारी दिनु भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामको संयुक्त आयोजनामा हुन लागेको सो अन्तर्राष्ट्रिय फिल्म फेष्टिवल जनकपुरधामको अशा चलचित्र मन्दिरमा हुने आयोजकले जानकारी दिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उद्घाटन गर्नुहुने सो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ललका पाग, लोटस ब्लुम्स, समानान्तर गरेर तीन वटा फिचर फिल्मको प्रदर्शन हुने जानकारी कार्यक्रमका संयोजक एवं कलाकार रमेश रञ्जन झाले दिनु भएको हो ।
यसै गरि वृत्तचित्र गुमकी र विद्यापत तथा लघु फिल्म रक्त तिलक, अफवाह प्रदर्शन हुनेछन् । यसका साथै मैथिली सिनेमाको निर्माण र व्यवसाय तथा समकालीन परिदृश्यमा मैथिली सिनेमा विषयमा विमर्श हुने कार्यक्रम रहेको छ । भोली ११ बजेबाट अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको उद्घाटन हुने कार्यक्रम रहेको छ ।
साभार : रेडियो नेपाल

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
1 दिन पहिले
लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..
काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..
1 दिन पहिले
‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’
काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..
2 दिन पहिले
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी ..
मोरङ, साउन १७ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्..
2 दिन पहिले
जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त..
काठमाडौं, साउन १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थाय..
4 दिन पहिले