Janakpurdham
Sat, Jul 19, 2025
`

मधेशका सबै क्रियाशील पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बिमा हुने

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,असार ११ गते । मधेश प्रदेश सरकार मातहत रहेको आम सञ्चार प्राधिकरणले प्रदेशका सबै क्रियाशील पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बिमा गर्ने भएको छ ।

जनकपुरधाममा आयोजित प्राधिकरणका गतिविधि सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष श्यामसुन्दर यादवले मधेश प्रदेशमा क्रियाशील १ हजार पत्रकारहरूको १ लाखको स्वास्थ्य बिमा तथा ७ लाखको दुर्घटना बिमा गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेटमा उल्लेख भए अनुसार खोज पत्रकारितासम्बन्धि प्रशिक्षणका साथै सूचना बैङ्कको निर्माण गरेर सञ्चालन गर्ने अध्यक्ष यादवले जानकारी दिनुभयो ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवले आम सञ्चार प्राधिकरणलाई सुदृढ गर्न कानूनी व्यवस्थामा भएको प्रावधानमा सुधार गर्न जरुरी रहेको बताउनुभयो ।

चालु आर्थिक वर्षमा आम सञ्चार प्राधिकरणले प्रदेशका विभिन्न पत्रपत्रिका, टेलिभिजन, एफ एम रेडियोका गरेर २४२ संस्थाहरूलाई लोककल्याणकारी विज्ञापन बापत ४५ लाख ६९ हजार रकम सम्बन्धित सञ्चार संस्थाको खातामा पठाउने प्रक्रिया शुरु भएको संस्थाका प्रशासकीय प्रमुख जय कुमार राउतले जानकारी दिनुभयो ।

साभार : रेडियो नेपाल

`
12 comments
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..

काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..

20 घन्टा पहिले

नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..

काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..

20 घन्टा पहिले

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

2 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

2 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

3 दिन पहिले