Janakpurdham
Sat, Jul 19, 2025
`

४०५ स्थानीय तहले ल्याएनन् बजेट, मधेशका सबैभन्दा बढी

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौ ,असार १२ गते । स्थानीय तहहरु वित्तीय अनुशासनमा निकै कमजोर देखिएका छन् । असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने कानूनी व्यवस्थाअनुसार ४०५ स्थानीय तहले बजेट ल्याउन सकेनन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ३४८ वटा स्थानीय तहले मात्र बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को व्यवस्थाअनुसार असार १ गते प्रदेश र असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याउनुपर्ने हुन्छ ।

हालसम्म कोशीका ५४, मधेशका ९०, बागमतीका ७१, गण्डकीका ४०, लुम्बिनीका ६०, कर्णालीका ३५ र सुदूरपश्चिमका ५५ स्थानीय तहले बजेट ल्याएका छैनन् । समयमै बजेट नल्याउनेमा मधेश प्रदेशका सबैभन्दा बढी स्थानीय तह छन् ।

संघले जेठ १५ भित्र बजेट ल्याउनुपर्ने प्रावधान छ । संघ, प्रदेश र स्थानीय तहको बजेट साउन १ गतेबाट कार्यान्वयनमा जान्छ ।बजेट समयमा नल्याउँदा आगामी आवको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने तयारीसमेत नपुग्ने विज्ञहरु बताउँछन् ।

साभार : नेपाल प्रेस

`
12 comments
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..

काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..

21 घन्टा पहिले

नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..

काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..

21 घन्टा पहिले

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

2 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

2 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

3 दिन पहिले