
लगानी सहजीकरणबारे कांग्रेस संसदीय दलमा विज्ञ र सरोकारवालाबीच छलफल
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, असार १२ : नेपाली कांग्रेसले लगानी सहजीकरण विधेयकबारे आज दिउँसो विज्ञ र सरोकारवालाविच छलफल गरी सुझाव लिने भएको छ।
कांग्रेस संसदीय दलले दलको कार्यालय सिंहदरबारमा बुधबार दिउँसो १ बजेका लागि छलफलको समय तय भएको छ। लगानी सहजीकरण विधेयकमाथि विज्ञ र सरोकारवालासँग छलफल गरी सुझाव लिइने कांग्रेसले जनाएको छ।
कांग्रेसले संसदीय दलले प्रतिनिधिसभा र राष्ट्रियसभाका आफ्ना सदस्यलाई छलफलमा अनिवार्य उपस्थिति हुन भनेको छ।
छलफलका लागि कांग्रेस राष्ट्रियसभा प्रमुख सचेतक कृष्णबहादुर रोकाय र प्रतिनिधिसभा सचेतक सुशिला थिङले सहजीकरण गर्ने भएका छन् । छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, कानुनविद् ओमप्रकाश अर्याल, उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व उपसभामुख पुष्पा भुसाल र नेपाल उद्योग परिषदका प्रतिनिधिले आफ्नना धारणा राख्ने कार्यक्रम तय भएको छ।
साभार : काठमाडौं प्रेस

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
15 घन्टा पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
2 दिन पहिले
म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..
काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..
2 दिन पहिले
संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..
काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..
2 दिन पहिले
‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..
2 दिन पहिले