
पत्रकार महासंघको निर्वाचन प्रक्रियामा सहभागी नहुने प्रेस युनियनको चेतावनी
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं ,असार १४ गते । प्रेस युनियन पत्रकार महासंघको निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी दिएको छ । युनियनले आज प्रेस विज्ञप्ति जारी गरेर पत्रकार महासंघको निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी दिएकाे हाे ।
नेपाल पत्रकार महासंघको सदस्यता विवादलाई विधान अनुसार टुंग्याउन पत्रकार महासंघको नेतृत्वले उदासिनता देखाएकोप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघको सदस्यता विवाद सुल्झाएर सबैको स्वीकार्यता नहुँदासम्म निर्वाचन प्रक्रिया अघि नबढाउन नेपाल पत्रकार महासंघ र महासंघको निर्वाचन समितिलाई युनियनले आग्रह गरेको छ ।
महासंघको नेतृत्वले प्रेस युनियनसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरी महासंघको विधि अनुसार सदस्यता विवाद नटुंगाई एक पक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएमा युनियन पत्रकार महासंघको अहिलेको निर्वाचन प्रक्रियामा सहभागी नभई चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ ।

चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..
काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..
20 घन्टा पहिले
नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..
काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..
20 घन्टा पहिले
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन
काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..
2 दिन पहिले
मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..
जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..
2 दिन पहिले
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..
काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..
3 दिन पहिले