पत्रकार महासंघको निर्वाचन प्रक्रियामा सहभागी नहुने प्रेस युनियनको चेतावनी
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,असार १४ गते । प्रेस युनियन पत्रकार महासंघको निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी दिएको छ । युनियनले आज प्रेस विज्ञप्ति जारी गरेर पत्रकार महासंघको निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी दिएकाे हाे ।
नेपाल पत्रकार महासंघको सदस्यता विवादलाई विधान अनुसार टुंग्याउन पत्रकार महासंघको नेतृत्वले उदासिनता देखाएकोप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघको सदस्यता विवाद सुल्झाएर सबैको स्वीकार्यता नहुँदासम्म निर्वाचन प्रक्रिया अघि नबढाउन नेपाल पत्रकार महासंघ र महासंघको निर्वाचन समितिलाई युनियनले आग्रह गरेको छ ।
महासंघको नेतृत्वले प्रेस युनियनसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरी महासंघको विधि अनुसार सदस्यता विवाद नटुंगाई एक पक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएमा युनियन पत्रकार महासंघको अहिलेको निर्वाचन प्रक्रियामा सहभागी नभई चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ ।

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
22 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
22 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
2 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
2 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
3 दिन पहिले