७ सहरमा महत्त्वाकाङ्क्षी परियोजना सुरु गर्दै सहरी विकास मन्त्रालय
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,जेठ १५ गते । शहरी विकास मन्त्रालयले एशियाली विकास बैंक एडिबीको सहयोगमा नेपालका ७ वटा सहरमा स्थानीयको जीवनस्तर सुधार गर्ने महत्वकांक्षी परियोजना सुरु गरेको छ ।
सहरी विकास तथा भवन निर्माण विभागको समन्वय कार्यालय मार्फत संचालन गरिने उक्त परियोजना पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका र लुम्बिनी प्रदेशका पश्चिमी सहरी कलस्टरका ५ नगरपालिकामा कार्यान्वयन गरिनेछ ।
परियोजनालाई प्रभावकारी ढंगबाट संचालन गर्ने सन्दर्भमा सहरी विकासमन्त्री धनबहादुर बुढाले एशियाली विकास बैंकका प्रतिनिधिहरूसँग प्रारम्भिक बैठक सुरु गरेका छन् ।
बैठकमा मन्त्रालयकाा सचिव मणिराम गेलाल, भवन विभागका महानिर्देशक कुमार घिमिरे, उपमहानिर्देशक नारायण भण्डारी लगायतको उपस्थिति थियो ।
उक्त प्रारम्भिक बैठकमा सहभागिता जनाउन एडिबीको मुख्य कार्यालय मनिलाबाट परियोजनाका टिम लिडर प्याट्रिक ल्याभे्ररी, पोर्टफोलियो म्यानेजर हिराकु सोजीलगायत टिम नेपाल आएको थियो ।
बैठकलाई सम्बोधन गर्दै मन्त्री बुढाले स्थानीय सरकारसँग मिलेर निर्देशित कार्ययोजना अनुसार परियोजनालाई अघि बढाउन निर्देशन दिए ।
सहरी विकास मन्त्रालयको समन्वयमा एडिबीले यसअघि पनि थुप्रै परियोजना सफलतापुर्वक संचालन गरेकोमा खुसी व्यक्त गर्दै मन्त्री बुढाले आगामी दिनमा पनि जनताको जीवनस्तर सुधारका लागि यस्ता खाले परियोजना थप गर्दै लैजानुपर्नेमा जोड दिए ।
परियोजनाले स्थानीयको जीवनस्तर सुधार गर्न नगरपाकिालको पुर्वाधार र सेवाहरुमा सुधार गर्नुका साथै प्राकृतिक, सांस्कृतिक र पर्यटन प्रर्वद्धनलाई पुनर्जिवित गर्ने लक्ष्य लिएको उक्त परियोजनाका निर्देशक रोशन श्रेष्ठले बताए ।
साथै उक्त परियोजनाले सात नगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागको संस्थागत क्षमतामा समेत सुधार गर्ने लक्ष्य लिएको छ ।
यस परियोजनाले जलवायु र विपद् जोखिमहरूको विरुद्ध उद्यमशीलता वृद्धि, र दिगो पर्यटन मार्फत स्थानीय आर्थिक वृद्धि प्रदान गर्न अध्ययनसहित भूउपयोग योजना तथा निर्माण गर्ने लक्ष्य राखेको निर्देशक श्रेष्ठले बताए ।
साभार : विकास टाइम्स
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
22 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
22 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
2 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
2 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
3 दिन पहिले