सत्र वर्षपछि भारतले जित्यो आईसीसी टी-२० विश्वकप
5 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं , जेठ १६ गते । भारतले १७ वर्षपछि दोस्रो पटक आईसीसी टी-२० विश्वकप उपाधि जितेको छ । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा भएको आईसीसी टी-२० को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो ।
भारतले यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा भएको आईसीसी टी-२० को फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो ।
बार्बाडोसस्थित किङ्सटाउन मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले दिएको १७७ रन लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका निर्धारित १९.५ ओभरमा अलआण्ट भएर १६८ रनमा समेटिएपछि भारतले उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले दिएको १७७ रनको लक्ष्य पहिल्याउने क्रममा दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए । त्यस्तै क्वान्टिन डी ककले ३९, ट्रिस्टान स्ट्रब्सले ३१, डेविड मिलरले २१, एइडेन मक्रम, रेजा हेन्ड्रिक र कासिगो रबाडाले ४-४ रन बनाए । केशव महाराजा २ रनमा आउट हुँदा एनरिच नोर्त्जे १ रनमा अविजीत रहे ।
बलितर्फ भारतका हार्दिक पान्ड्याले तीन, अर्शदीप सिंह र जसप्रित बुमराहले दुईदुई तथा र अक्षर पटेलले एकएक विकेट लिए ।
पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । भारतको लागि विराट कोहलीले ७६ रन जोडे । उनी ५९ बलको सामना गरेर २ छक्का र ६ चौका प्रहार गरेर आउट भएका थिए ।
त्यस्तै अक्षर पटेल ४७, शिवम डुबे २७, रोहित शर्मा ९, रवीन्द्र जडेजा २ र ऋषभ पन्त शून्य रनमा आउट हुँदा हार्दिक पान्ड्या ५ रनमा अविजित रहे ।
बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजा र एनरिच नोत्र्जेले २-२ तथा मार्को जान्सेन र काजिसो रबाडाले एकएक विकेट लिए । चार ओभर बलिङ गरेका जान्सेनले सर्वाधिक ४९ रन खर्चंदा चारै ओभर बलिङ गरेका रबाडाले ३६ र नोत्र्जेले २६ रन दिए ।
त्यस्तै तीन ओभर बलिङ गरेका तब्रेज शम्सीले २६ र एइडन मक्रम दुई ओभर बलिङ गरेर १६ रन खर्चंदा कुनै विकेट हात पार्न सकेनन् ।
साभार : नेपाल प्रेस
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
इनरुवा ,मंसिर ९ गते । देवानगञ्ज गाउँपालिका-३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएका छन् । मजदुरको अभाव, समय..
2 घन्टा पहिले
प्रधानमन्त्रीले कामको गति बढाउनुपर्छ, मधेश सरकारको नेत..
काठमाडौं ,मंसिर ९ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश सरकारमा अब कांग्रेसको मुख्यमन्..
2 घन्टा पहिले
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
काठमाडौं, मंसिर ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द..
1 दिन पहिले
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
झापा,२०८१ मंसिर ८ गते । सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगाय..
1 दिन पहिले
विवाह पञ्चमीको तयारी गर्न मुख्यमन्त्री सिंहको निर्देशन
जनकपुर,मंसिर ७ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मङ्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीत..
2 दिन पहिले