‘संविधान संशोधन र राजनीतिक स्थायित्वका लागि सहमति बनेको हो’
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असार १८ : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले संविधान संशोधन र राजनीतिक स्थायित्वको लागि सहमति भएको बताएका छन्।
मंगलबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकबारे जानकारी दिँदै उनले सत्तामा जानुपर्छ भन्ने मान्यताभन्दा माथि गएर सहमति भएको सुनाए।
उनले आर्थिक स्थिरता र विकास निर्माणलाई प्राथमिकता दिएर अगाडि बढ्नेगरी सहमति बनेको बताए।
‘संविधानमा आवश्यक शंसोधन लागि पनि एउटा राष्ट्रिय सहमती निर्माण गर्ने र आर्थिक स्थिती, विकास निर्माणमा देखिएको समस्यालाई अन्त्य गर्नको लागि एउटा स्थिर राजनीति, संविधानलाई समसामयिक रुपमा संशोधन गर्न सहमति जुटाउने हिसाबले अगाडि बढ्नको लागि नयाँ राजनीतिक कोर्ष बनेको हो,’ उनले भने, ‘दुई दलको बीचमा सँगै अगाडि बढ्ने र सरकार निर्माण गर्ने एवम आवश्यकता अनुसार अन्य दललाई पनि समावेश गर्नेगरी राष्ट्रिय सहमतिको सरकारकै नाम दिइएको छ।’
उनले ओलीको नेतृत्वमा सरकार सञ्चालन गर्ने र त्यसमा अन्य पार्टीलाई सहभागी गराउने पनि बताए।
‘यसमा ओली र हाम्रो पार्टी सभापतिले आलोपालो नेतृत्व गर्नु कुरा भएको छ नेतृत्व कांग्रेस र एमालेको नै हुन्छ,’ उनले भने, ‘यसमा अरु दललाई पनि सहभागी गराउन सकिन्छ भन्ने आधारमा नै समझदारी भएको छ।’
डा.महतले आर्थिक विकासमा देखिएको समस्या समाधान गर्नको लागि बृहत्तर राष्ट्रिय हितमा सहमति भएको भन्दै यसलाई कार्य सम्पादन समितिको बैठले औपचारिक रुपमा अनुमोदन गर्ने बताए।
साभार : काठमाडौं प्रेस
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
21 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
21 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
2 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
2 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
3 दिन पहिले