शिक्षा प्रणालीले विद्यार्थीलाई भविष्यका चुनौती र अवसरका लागि तयार गर्नुपर्छ : राष्ट्रपति
2 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ, असाेज २४ : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन, भविष्यका चुनौती र अवसरका लागि पनि तयार गर्नुपर्ने बताएका छन् ।
राष्ट्रपति पौडेलले पशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ वर्ष प्रवेश तथा हीरक महोत्सव २०८३ समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
‘आधुनिक विश्व तीव्र परिवर्तनको चरणबाट गुज्रिरहेको छ, विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता र सञ्चारका क्षेत्रमा भइरहेको तीव्र विकासले शिक्षाको स्वरूप र आवश्यकता दुवै परिवर्तन गरिरहेको छ, यस्तो अवस्थामा हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन, भविष्यका चुनौती र अवसरका लागि पनि तयार गर्नुपर्छ’, उनले भने ।
उनले परिवर्तनसँगै हाम्रा आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुन आवश्यक रहेकोमा जोड दिए ।
‘प्रविधि जति शक्तिशाली हुँदै जान्छ, मानवीय विवेक, जिम्मेवारी र संवेदनशीलताको आवश्यकता पनि त्यति नै बढ्दै जान्छ, त्यसैले आधुनिक ज्ञान र सीपसँगै मानवता, सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रप्रतिको जिम्मेवारीलाई शिक्षाको केन्द्रमा राख्न आवश्यक छ’, राष्ट्रपति पौडेलले भने ।
विद्यालय ज्ञान, शिक्षा, चेतना, जागरणसँगै राष्ट्रको भविष्य निर्माण गर्ने आधारभूत संस्था रहेको उनको भनाई थियो ।
विद्यालयका कक्षा कोठामा केवल पाठ्यपुस्तकको ज्ञान मात्र प्रदान हुँदैन, त्यहीँबाट अनुशासन, इमानदारिता, परिश्रम, सहिष्णुता, सदाचार, देशप्रेम र सामाजिक उत्तरदायित्वजस्ता जीवनका महत्वपूर्ण मूल्यहरू सिकाइन्छ भन्दै उनले आजका विद्यार्थी नै भोलिका शिक्षक, चिकित्सक, इन्जिनियर, प्रशासक, उद्यमी, राजनीतिज्ञ, वैज्ञानिक तथा राष्ट्रका जिम्मेवार नागरिक भएको उल्लेख गरे ।
‘शिक्षा दिने भनेको विद्यार्थीलाई परीक्षामा राम्रो अङ्क प्राप्त गर्ने मात्र होइन, समस्या समाधान गर्न सक्ने, नयाँ सोच विकास गर्न सक्ने, प्रविधिको सदुपयोग गर्न सक्ने र समाज तथा राष्ट्रप्रति जिम्मेवार नागरिक बन्न सक्ने आधार तयार गर्नु पनि हो, यसमा सरकार, नीतिनिर्माता र शिक्षासँग सरोकार राख्ने सबैको सहकार्य आवश्यक छ”, राष्ट्रपति पौडेलले भने ।
साभार : काठमाडौं प्रेस
अयोध्या–जनकपुर रेलसँगै हवाई सेवा पनि सञ्चालन गर्न मुख्à¤..
जनकपुरधाम, मंसिर ८ गते । अयोध्या र जनकपुरधामबीच धार्मिक तथा पर्यटकीय सम्बन्ध थप विस्तार गर्न मधेश प्रदेशका मुख..
4 घन्टा पहिले
सुनकोसी–मरिणको ठेक्का रद्द भए मधेस आन्दोलित हुन मनिष झाà..
काठमाडौं, मंसिर ८ : सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द भए मधेश आन्दोलित हुने चेतावनी राष्ट्रिय स्वतन्त..
4 घन्टा पहिले
मधेश प्रदेशका मन्त्रालयकाे वेबसाइट अपाङ्गतामैत्री बनाà..
जनकपुरधाम, मंसिर ७ गते । अपाङ्गता भएका व्यक्तिहरूलाई सूचना तथा सञ्चारको समान पहुँचबाट वञ्चित हुन नदिन मधेश प्रदे..
23 घन्टा पहिले
अयोध्या–जनकपुरधाम रेल सञ्चालन हुनु ठूलो अवसर हो : सांसद à¤..
जनकपुर, मंसिर ७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अयोध्या जनकपुरधाम रेल सेवाले ठूलो अवसर सृजना गरे..
1 दिन पहिले
नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्..
नयाँदिल्ली, मंसिर ७ : नेपाल र भारतबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती कर्मचारीको क्षमता विकास, स्वास्à¤..
1 दिन पहिले