Janakpurdham
Tue, Oct 22, 2024
`

आधारभूत विद्यालय ठिल्ला यदुवाद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

किशोर मंडल
जनकपुरधाम, २० असार । धनुषाको सबैलामा बिहीबार सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सबैला नगरपालिका वडा न ८  अवस्थित आधारभूत विद्यालय ठिल्ला यदुवामा फूल र विभिन्न प्रजातिका बोटबिरुवाहरू  रोपी कार्यक्रम सम्पन्न गरिएको हो। वृक्षारोपण कार्यक्रमको अध्यक्षता विद्यालयका प्रअ दिनेश रायले गरेका छन् भने प्रमुख अतिथि सबैला नगरपालिका वडा नं ८ का वडाध्यक्ष  सेराजुल राइन् रहेका थिए भने विद्यालयका विद्यार्थीहरुको समेत सक्रिय सहभागिता रहेको थियो । विद्यालयमा धेरै पहिलादेखि पर्खालको समस्या थियो तर अहिले चारैतिर पर्खाल लागिसकेको छ। पर्खाल लागिसकेपछि स्थानीय गाउँलेहरू एवं विद्यार्थीहरू खुसी भएका छन्।


विद्यालयको छेउमा नै पोखरी रहेको कारण  बच्चाहरू पोखरीमा डुब्ने जोखिम धेरै थियो। धेरै दिनपछि सम्पूणर् ग्रामवासी र सोही विद्यालयका प्रधानाध्यापकको पहलमा सबैला नगरपालिकाको नगर स्तरीय बजेटबाट रु ८ लाखको लागतमा बाउन्ड्री वाल र ढोका सहितको को  काम सम्पन्न भएको छ। बाउन्ड्रीको काम सम्पन्न भए लगत्तै विद्यालयमा सरसफाई र वृक्षारोपण गरी विद्यालयलाई सजाइएको छ।
कार्यक्रममा  शिक्षिका निर्मला कापर, शिक्षक राम उदगार राउत , शिक्षिका  गीता देवी साह, कार्यालय सहयोगी सुनिल कुमार राय लगायत विद्यालयका शिक्षक शिक्षिका ,समाजसेवी एवं अभिभावकहरूको  उपस्तिथि रहेको थियो ।

`
12 comments
रवि लामिछानेले अदालत परिसरमा दिएको अभिव्यक्तिबारे गृहम..

काठमाडौं, कात्तिक ५। गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ल..

9 घन्टा पहिले

‘स्वास्थ्य अवस्थामा सुधारका लागि थप लगानी गर्न सरकार तय..

जनकपुरधाम, कार्तिक ४ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वा..

2 दिन पहिले

मिथिलामा करवाचौथ पर्व मनाइँदै

जलेश्वर,२०८१ कार्तिक ४ गते । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज करवाचौथ पर्व मनाइँदैछ । मिथिलाञ्चलमा बस..

2 दिन पहिले

रविको पक्राउकाे विराेधमा माइतीघरमा प्रदर्शन

काठमाडौं, कात्तिक ३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा समर्थ..

3 दिन पहिले

सहकारीको पैसा अपचलन गर्ने जोकोहीलाई कानुनी कारवाही हुन..

धनकुटा, कात्तिक ३ : नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टीको आन्तरिक समस्या समाधान गरेर मात्रै नतिजा ..

3 दिन पहिले