Janakpurdham
Tue, Sep 22, 2026
`

रेडबुक पुनर्लेखनको माग गर्दै मधेश सभामा प्रतिपक्षी दलको अवरोध

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असार २१ गते । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल गर्न बोलाइएको मधेश प्रदेशसभा बैठक प्रतिपक्षी दलले अवरोध गरेका छन् ।

सभामुख रामचन्द्र मण्डलले बैठक सुरू गरेलगत्तै लोसपाकी सांसद रानी शर्मा तिवारीले रेडबुक पुनर्लेखन गर्नुपर्ने माग सम्बोधन नगरेको टिप्पणी गरिन् । त्यसपछि सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

अर्थमन्त्री भरतप्रसाद साहले असार १ मा ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रूपैयाँको बजेट ल्याएका थिए । तर, रेडबुकमा तीन अर्ब रूपैयाँभन्दा बढीको योजना फरक परेको बताइएको छ ।

आइतबार नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा र राप्रपाले बजेट तथा रेडबुक पुनर्लेखनको माग गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका थिए । मुख्यमन्त्री सिंहले बजेट पुनर्लेखन गर्ने आश्वासन दिएपनि नगरेको प्रतिपक्षी दलका सांसदहरूको भनाइ छ ।

साभार : नेपाल प्रेस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

7 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

7 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले