Janakpurdham
Sat, Jul 19, 2025
`

रेडबुक पुनर्लेखनको माग गर्दै मधेश सभामा प्रतिपक्षी दलको अवरोध

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असार २१ गते । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल गर्न बोलाइएको मधेश प्रदेशसभा बैठक प्रतिपक्षी दलले अवरोध गरेका छन् ।

सभामुख रामचन्द्र मण्डलले बैठक सुरू गरेलगत्तै लोसपाकी सांसद रानी शर्मा तिवारीले रेडबुक पुनर्लेखन गर्नुपर्ने माग सम्बोधन नगरेको टिप्पणी गरिन् । त्यसपछि सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

अर्थमन्त्री भरतप्रसाद साहले असार १ मा ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रूपैयाँको बजेट ल्याएका थिए । तर, रेडबुकमा तीन अर्ब रूपैयाँभन्दा बढीको योजना फरक परेको बताइएको छ ।

आइतबार नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा र राप्रपाले बजेट तथा रेडबुक पुनर्लेखनको माग गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका थिए । मुख्यमन्त्री सिंहले बजेट पुनर्लेखन गर्ने आश्वासन दिएपनि नगरेको प्रतिपक्षी दलका सांसदहरूको भनाइ छ ।

साभार : नेपाल प्रेस

`
12 comments
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..

काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..

20 घन्टा पहिले

नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..

काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..

20 घन्टा पहिले

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

2 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

2 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

3 दिन पहिले