
मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, असार २२ गते । केन्द्रमा सत्ता समिकरण उलटफेर भएपनि मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वकै सरकार अनुमोदित भएको छ ।मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका हुन् । सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री सिंह विश्वासको मत पाएको घोषणा गरे ।आजको प्रदेशसभा बैठकमा कूल १०१ सांसद उपस्थित थिए । जसमध्ये ६७ सांसदले मुख्यमन्त्री सिंहमाथि विश्वास रहेको भन्ने पक्षमा मतदान गरेको सभामुख मण्डलले बताए । विपक्षमा ३४ मत परेको हो ।
मुख्यमन्त्री सिंहलाई जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन् । गत जेठ २५ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा सिंह मुख्यमन्त्री नियुक्त भएका थिए ।
छ दलीय सरकारले आगामी आर्थिक वर्ष २०८१०८२ को नीति तथा कार्यक्रम र बजेट ल्याए । तर बजेट पारित नहुँदै सत्ता समिकरण उलटफेर भयो । जसका कारण विश्वासको मत लिनु केहिघण्टा अघाडी मात्रै मुख्यमन्त्रीलज अर्थमन्त्रीसहित चार दलका ६ मन्त्रीलाई बर्खास्त गरेका थिए ।
राजनीति परिस्थिति बदलिएपछि सिंहलाई मुख्यमन्त्री बनाउन अहम भूमिका खेलेका नेकपा माओवादी केन्द्र र नेकपा एसले पनि विश्वासको मत दिएनन् ।विश्वासको मत पाएका मुख्यमन्त्री सिंहले सम्भवतः आजै नेपाली कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने बुझिएको छ ।
साभार : नेपाल प्रेस

चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..
काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..
21 घन्टा पहिले
नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..
काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..
21 घन्टा पहिले
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन
काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..
2 दिन पहिले
मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..
जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..
2 दिन पहिले
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..
काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..
3 दिन पहिले