मधेश प्रदेशसभामा बजेट पुनर्लेखनको माग, सहमति नजुट्दा बैठक २६ गतेसम्मका लागि स्थगित
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,असार २३ गते । । मधेश प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पुनर्लेखनको अडान प्रतिपक्षी दलले राखेपछि बैठक असार २६ गतेसम्मका लागि स्थगित गरिएको छ ।आजको प्रदेशसभा बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । तर सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै प्रतिपक्षी दलहरू अबरोध गरेका थिए ।
बैठकमा जसपा नेपालका सांसद राजकुमार गुप्ताले सिस्टम ह्याक भएको कुरा सरकारले नै स्वीकार गरेकाले छानविन गर्न समिति गठन गर्नुपर्ने माग राखेका थिए ।त्यसपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेर सहमती जुटाउन छलफल राखे । तर सहमती नजुट्दा उनले बैठक २६ गते विहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
जसपा नेपालका सांसद गुप्ताले आजको छलफलमा सहमती नजुटेको र सत्ता पक्षले दुई दिनभित्र माग पुरा गर्ने जनाएपछि सभामुखले बैठक २६ गते विहान ११ बजेसम्मका लागि स्थगित गरेको जानकारी दिए ।उनले भने, ‘सिस्टम ह्याक गरेर बजेटमा गडबड गरिएको कुरा मुख्यमन्त्री र तत्कालीन अर्थमन्त्रीले स्वीकार्नु भएको छ । यदि त्यस्तो भएको छ भने छानविन गरी दोषीमाथि कारवाही गर्नुपर्छ । र, बजेट पुनर्लेखन गर्नुपर्छ ।’
साभार : नेपाल प्रेस
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
21 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
21 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
2 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
2 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
3 दिन पहिले