Janakpurdham
Sat, Jul 19, 2025
`

मधेश प्रदेशसभामा बजेट पुनर्लेखनको माग, सहमति नजुट्दा बैठक २६ गतेसम्मका लागि स्थगित

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,असार २३ गते । । मधेश प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पुनर्लेखनको अडान प्रतिपक्षी दलले राखेपछि बैठक असार २६ गतेसम्मका लागि स्थगित गरिएको छ ।आजको प्रदेशसभा बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । तर सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै प्रतिपक्षी दलहरू अबरोध गरेका थिए ।

बैठकमा जसपा नेपालका सांसद राजकुमार गुप्ताले सिस्टम ह्याक भएको कुरा सरकारले नै स्वीकार गरेकाले छानविन गर्न समिति गठन गर्नुपर्ने माग राखेका थिए ।त्यसपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेर सहमती जुटाउन छलफल राखे । तर सहमती नजुट्दा उनले बैठक २६ गते विहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

जसपा नेपालका सांसद गुप्ताले आजको छलफलमा सहमती नजुटेको र सत्ता पक्षले दुई दिनभित्र माग पुरा गर्ने जनाएपछि सभामुखले बैठक २६ गते विहान ११ बजेसम्मका लागि स्थगित गरेको जानकारी दिए ।उनले भने, ‘सिस्टम ह्याक गरेर बजेटमा गडबड गरिएको कुरा मुख्यमन्त्री र तत्कालीन अर्थमन्त्रीले स्वीकार्नु भएको छ । यदि त्यस्तो भएको छ भने छानविन गरी दोषीमाथि कारवाही गर्नुपर्छ । र, बजेट पुनर्लेखन गर्नुपर्छ ‌।’

साभार : नेपाल प्रेस

`
12 comments
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..

काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..

17 घन्टा पहिले

नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..

काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..

17 घन्टा पहिले

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

2 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

2 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

3 दिन पहिले