
महोत्तरीमा विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धी ५ दिने तालिम सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, असार २६ गते । दलित समाज उत्थान समिति नेपालको आयोजना तथा जिल्ला विपद व्यवस्थापन समितिको समन्वय र श्री गोरख नाथ गण प्रकौली तथा सशस्त्र प्रहरी बल नं. ९ गण जलेश्वरको संयूक्त प्रशिक्षण सहयोगमा ५ दिने विपद व्यवस्थापन तथा प्रतिकार्य तालिम सम्पन्न भएको छ । वल्र्ड भिजन नेपालको आर्थिक सहयोग तथा एकडारा र सम्सी गाउँपालिकाको समन्वयमा संचालीत सो तालीममा एकडारा र सम्सीबाट ३० जना युवाहरुको सक्रिय सहभागीता रहेको थियो। कार्यक्रमको समापन सत्रको अध्यक्षता दलित समाज उत्थान समिति नेपालको अध्यक्ष डेजी पाण्डेले गर्नु भएको थियो ।
समापन सत्रका प्रमुख अतिथि जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार विभिन्न समयमा हुने विपद बाट धनजनको क्षतिहुनबाट जोगाउन तथा स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गरी विपद्को क्षती न्यूनिकरण गरी बाल समृद्धिमा टेवा पु¥याउने उद्देश्यले यो तालिमको आयोजना गरीएको बताउनु भयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, वल्र्ड भिजन महोत्तरी जिल्लाका बाल स्पोन्सरशिप फिल्ड कोअर्डीनेटर दिलिप यादव, श्री गोरखनाथ गणका गणपति विनोद विकास पाठक, सशस्त्र प्रहरी बल नं९ गणका सशस्त्र प्रहरी उपरीक्षक विनोद के.सी. तथा दलित समाज उत्थान समिति नेपालका कार्यक्रम संयोजक प्रेम बहादुर बुढाथोकी लगायतको उपस्थित रहेको थियो ।

चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..
काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..
17 घन्टा पहिले
नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..
काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..
17 घन्टा पहिले
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन
काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..
2 दिन पहिले
मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..
जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..
2 दिन पहिले
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..
काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..
3 दिन पहिले