Janakpurdham
Tue, Sep 22, 2026
`

घन्टी बजाउँदै रविले दिए गिरफ्तारी, पार्टी कार्यकर्ताले गरे नारावाजी (भिडिओ)

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं , २०८१ कार्तिक २ गते । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्दैगर्दा पार्टी कार्यलयमा कार्यकर्ताले नारावाजी गरेका छन् । पक्राउ पर्नुअघि रविले कार्यकर्ता र सञ्चारकर्मी सानो छोटो सम्बोधन गरेका थिए ।

रविले आफूले कुनै पनि अपराध नगरेको तर राजनीतिक प्रतिसोध साँध्न खोजिएको बताए । न्यायिक प्रक्रियामा सघाउने प्रतिवद्धता उनले व्यक्त गरे ।

 आफ्नो सम्बोधनपछि रविले पार्टी कार्यालयमा रहेको घन्टी बजाएर प्रहरीलाई गिरफ्तारी दिए । सीआईबीका एसपी होविन्द्र बोगटीले रविलाई पाखुरामा समातेर लगे ।

त्यसअघि पक्राउ पुर्जीमा हस्ताक्षर गर्दै गर्दा उनले भनेका थिए, ‘जुन हातले यो हस्ताक्षर गरेको छु, त्यही हातले सयौं भ्रष्टाचारीलाई कठघरामा पुर्‍याउने छु ।’

कार्यकर्ताको भिडबाट प्रहरीले रविलाई लगेको थियो । कार्यकर्ताले रविको समर्थन र सरकारको विरोधमा नारावाजी गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उग्र नारावाजी भयो ।

साभार : नेपाल प्रेस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

7 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

7 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले