Janakpurdham
Sat, Jul 19, 2025
`

घन्टी बजाउँदै रविले दिए गिरफ्तारी, पार्टी कार्यकर्ताले गरे नारावाजी (भिडिओ)

9 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं , २०८१ कार्तिक २ गते । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्दैगर्दा पार्टी कार्यलयमा कार्यकर्ताले नारावाजी गरेका छन् । पक्राउ पर्नुअघि रविले कार्यकर्ता र सञ्चारकर्मी सानो छोटो सम्बोधन गरेका थिए ।

रविले आफूले कुनै पनि अपराध नगरेको तर राजनीतिक प्रतिसोध साँध्न खोजिएको बताए । न्यायिक प्रक्रियामा सघाउने प्रतिवद्धता उनले व्यक्त गरे ।

 आफ्नो सम्बोधनपछि रविले पार्टी कार्यालयमा रहेको घन्टी बजाएर प्रहरीलाई गिरफ्तारी दिए । सीआईबीका एसपी होविन्द्र बोगटीले रविलाई पाखुरामा समातेर लगे ।

त्यसअघि पक्राउ पुर्जीमा हस्ताक्षर गर्दै गर्दा उनले भनेका थिए, ‘जुन हातले यो हस्ताक्षर गरेको छु, त्यही हातले सयौं भ्रष्टाचारीलाई कठघरामा पुर्‍याउने छु ।’

कार्यकर्ताको भिडबाट प्रहरीले रविलाई लगेको थियो । कार्यकर्ताले रविको समर्थन र सरकारको विरोधमा नारावाजी गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उग्र नारावाजी भयो ।

साभार : नेपाल प्रेस

`
12 comments
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..

काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..

17 घन्टा पहिले

नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..

काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..

17 घन्टा पहिले

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

2 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

2 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

3 दिन पहिले