Janakpurdham
Sat, Jul 19, 2025
`

“मानव सूचकाङ्कमा सुधार गर्न स्वास्थ्यको सूचकाङ्कमा सुधार आवश्यक”

9 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, २०८१ कार्तिक २ गते । मधेश प्रदेशको स्वास्थ्य सूचकाङ्कमा सुधार नभएसम्म दिगो विकासको लक्ष्यहरू हासिल गर्नमा निक्कै कठिनाइ हुने एक कार्यक्रममा सहभागी वक्ताहरूले बताउनुभएको छ ।

मधेश स्वास्थ्य निर्देशनालयले आज जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” मूल भावनासहित स्वास्थ्य क्षेत्रका कर्मचारीहरूले गरेको सेवाको सराहना गर्दै जनतालाई स्वस्थ्य राख्ने गरि काम गर्न आग्रह गर्नुभयो ।

उहाँले तीन तहका सरकारका बीचमा अधिकतम सहकार्य गरेर स्वास्थ्य क्षेत्रमा बजेटको अभाव हुन नदिने बताउनुभयो ।

मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. शोहन साहले स्वास्थ्य क्षेत्रसँग सरोकार भएका दिगो विकासका लक्ष्य हाँसिल गर्नका लागि स्थानीय सरकारले बढी जिम्मेवारीका साथ काम गर्न जरुरी रहेको बताउँदै प्रदेश सरकार सहकार्य गर्न तयार भए पनि अपेक्षा अनुसार हुन नसकेको बताउनुभयो ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. संजय कुमार ठाकुरले मधेश प्रदेशको स्वास्थ्यका सूचकाङ्कमा सुधार हुन थालेकोमा खुशी व्यक्त गर्दै थप सुधारका लागि मेहनत गर्नका लागि स्वास्थ्य क्षेत्रका अगुवाहरूलाई निर्देशन दिनुभयो ।

महिला तथा बालबालिका समितिका सभापति रुपाकुमारी यादवले मधेश प्रदेशको स्वास्थ्यमा गुणात्मक सुधारको खाँचो रहेको बताउँदै स्वस्थ्यकर्मीहरुले सीमित श्रोत साधनका बीचमा गरेको सेवाको सराहना गर्नुभयो ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक डा. विनोद कुमार यादवले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रतिष्ठानले काम गरेको बताउँदै स्वास्थ्य शिक्षामा नयाँ नयाँ कार्यक्रमहरूमा अध्ययन अध्यापन भइरहेको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका प्रदेश प्रमुख डा. नरेन्द्र कुमार मिश्रले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि स्वास्थ्य क्षेत्रमा सुधारका लागि अहिलेको अवस्थामा चार गुणा बढीले मेहनत गर्न जरुरी रहेको बताउनुभयो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजीव कुमार झाले मधेश प्रदेशमा खोपको दृष्टिकोणमा निक्कै अगाडी भएको बताउँदै सुरक्षित मातृत्व तथा सुरक्षित शिशु, पोषणको क्षेत्रमा थप काम गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशमा रहेको संघ तथा प्रदेश सरकारका स्वास्थ्य संस्थाका प्रमुखहरू, आयुर्वेद कार्यालयका प्रमुखहरू, स्वास्थ्य क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरू, प्रतिष्ठानहरू प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेका छन् । तीन दिनसम्म प्रदेशको स्वास्थ्य क्षेत्रको कमी कमजोरी तथा सुधारको उपायको विषयमा बृहत् छलफल हुने निर्देशक डा. झाले जानकारी दिनुभयो ।

साभार : गोरखापत्र

`
12 comments
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..

काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..

17 घन्टा पहिले

नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..

काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..

17 घन्टा पहिले

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

2 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

2 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

3 दिन पहिले