
सहकारीको पैसा अपचलन गर्ने जोकोहीलाई कानुनी कारवाही हुनुपर्छ : डा.संग्रौला
10 महीना पहिले प्रकाशित
Esandhyakalin

धनकुटा, कात्तिक ३ : नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टीको आन्तरिक समस्या समाधान गरेर मात्रै नतिजा आफ्नो पक्षमा ल्याउन सकिने औंल्याएकी छिन्।
शनिबार धनकुटामा नेपाली कांग्रेसको एकसय दिने विशेष अभियान शुभारम्भ समारोहलाई सम्बोधन गर्दै डा.संग्रौलाले कांग्रेसका सबै तह र तप्काका कार्यकर्ता एवम शुभेच्छुकहरु आफ्ना समस्या समाधानमा दृढतापूर्वक लाग्नुपर्ने बताएकी हुन्।
‘आफूमात्रै लोकप्रिय हुने लालसाले काँग्रेस समस्यामा परिरहेको छ। टिकट पाएर चुनाव हारे अर्काको कारणले र जिते आफू एक्लैले जितेको घमण्ड गर्ने प्रबृति छ । यस्ता समस्याहरुको बेलैमा समाधान निकाल्नुपर्छ,’ उनले भनिन्, ‘तर अर्को इमान्दार तप्का पनि काँग्रेसभित्रै छ, उसलाई पद र प्रतिष्ठा बाहेक बलियो संगठन मात्रै चाहिएको छ। एकलौटी सरकार चाहिएको छ, अब त्यो काँग्रेसलाई हुर्कने र सप्रने मौका दिनुपर्छ।’
फरक प्रसंगमा केन्द्रीय सदस्य एवम पेशागत एवम वुद्धिजिवी विभाग प्रमुख समेत रहेकी डा.संग्रौलाले पूर्वगृहमन्त्री रवि लामिछाने मात्र नभइ सहकारीको पैसा अपचलन गरेको प्रमाणित भए आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गरेर कारवाही गर्नुपर्ने बताइन्।
‘घटनाबारे सत्यतथ्य छानविन गरेर, आफ्नै पार्टीका, नाताका वा भाइ भतिजा भएपनि कारबाहीको भागिदार हुनुपर्छ। कानुनी कठघरामा ल्याइनुपर्छ,’ उनले भनिन्। उनी संगठन सुध्रिढीकरणको सय दिने अभियानका लागि केन्द्रीय प्रतिनिधि बनेर धनकुटा पुगेकी हुन्।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले शुभारम्भ भएको अभियानले कांग्रेसमा नयाँ जागरण र आत्मविश्वास पैदा गर्ने बताए । उनले सुदृढ र एकताबद्ध कांग्रेसले मात्रै नागरिकका समस्या समाधानमा प्रभावकारी काम गर्नसक्ने बताए।
साभार : काठमाण्डु प्रेस

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
10 घन्टा पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
1 दिन पहिले
म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..
काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..
1 दिन पहिले
संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..
काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..
2 दिन पहिले
‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..
2 दिन पहिले