Janakpurdham
Thu, Oct 30, 2025
`

श्रीलंकामाथिको सानदार जितसँगै नेपाल बन्यो समूह विजेता, सेमिमा भारतसँगको भेट पक्का

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, कात्तिक ८ : नेपाल समूह विजेताका रुपमा घरेलु मैदानमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ।

बिहीबार साँझ दशरथ रंगशालामा भएको समूहको अन्तिम खेलमा श्रीलंकामाथि ६–० को फराकिलो जित निकाल्दै नेपाल समूह 'बी' को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो।

नेपाललाई सानदार जित दिलाउन रेखा पौडेलले दुई गोल गरिन् भने सावित्रा भण्डारी, सविता रानामगर, अमिसा कार्की र रश्मीकुमारी घिसिङले समान १ गोल गरे। नेपालले पहिलो हाफमा ४ र दोस्रो हाफमा २ गोल गरेको थियो।

आठौं मिनेटमा सबिताको गोलमा नेपालले सुरुआती अग्रता लियो।

जारी प्रतियोगितामा पहिलो खेल खेलिरहेकी सावित्राले ११औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन्। उनले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेकी थिइन्। यो नेपालका लागि सावित्राको ५४औं गोल हो।

१३औं मिनेटमा रेखाले गोल गर्दै नेपाललाई ३–०को अवस्थामा ल्याइन्। ३६औं मिनेटमा रेखाले नै गोल गरेपछि पहिलो हाफमा नेपालले ४–० को अग्रता लियो। यो गोलसँगै रेखाले आफूलाई गोल्डेन बुटको दाबेदारीमा अगाडि राखेकी छिन्। उनले भुटानकी देकी लाजोमसँगै समान ७ गोल गरेकी छिन्।

दोस्रो हाफको सुरुआतमै अमिसाले गोल गर्दै नेपाललाई ५–०को अग्रता दिलाइन्। त्यसपछि समूहको विजेता बन्न नेपाललाई थप १ गोल चाहिएको थियो। त्यो १ गोलका लागि नेपालले इन्जुरी समयसम्म पर्खनु परेको थियो। इन्जूरी समयको चौथो मिनेटमा रश्मीले गोल गरेपछि नेपालले ६–० को जित निकाल्दै समूह विजेता बन्यो।

योसँगै नेपालले सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको छ। समूह बीमा अपराजित रहेको नेपाल २ जित र १ बराबरीसहित ७ अंक जोड्दै समूह विजेता बनेको हो। भारत समूह एको उपविजेता हो।

समूह बीमा नेपालसँगै समान ७ अंक जोडेको भुटान गोल अन्तरमा पछि पर्दै उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ। उसले सेमिफाइनलमा समूह एको विजेता तथा डिफेन्डिङ च्याम्पियन बंगलादेशको सामना गर्ने छ।

समूह चरणमा नेपालले ३ खेलमा १७ गोल गर्दा कुनै पनि गोल खाएन भने भुटानले पनि १७ गोल नै गर्दा १ गोल खाएको थियो।

साभार : काठमाडौं प्रेस

`
12 comments
राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते न..

काठमाडौँ ,कार्तिक १२ गते । सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते आइतबारका दिन निर्वाच..

4 घन्टा पहिले

मधेश प्रदेशमा समुद्री आँधी “मोन्था” को उच्च जोखिम, सजग र..

जनकपुरधाम,कार्तिक १२ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा प्रदेश विपत व्यवस्थापन क..

4 घन्टा पहिले

कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..

काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..

1 दिन पहिले

मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट

धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..

1 दिन पहिले

उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

2 दिन पहिले