Janakpurdham
Mon, Sep 21, 2026
`

विपद्को समयमा रेडियोहरूले खेलेको भूमिका राज्यले बिर्सन सक्दैन : मन्त्री यादव

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

वीरगन्ज ,कार्तिक १० गते । खानेपानी मन्त्री प्रदीप यादवले नागरिकका समस्या सरकार समक्ष र सरकारका गतिविधि नागरिकसम्म पुर्‍याउन रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

आजदेखि वीरगञ्जबाट नियमित प्रसारण शुरु गरेको रेडियो सीमाञ्चल ९५.१ मेगाहर्जको उद्घाटन गर्दै मन्त्री यादवले विपद्को समयमा रेडियोहरूले खेलेको भूमिका राज्यले बिर्सन नसक्ने बताउनुभयो ।

उहाँले रेडियोहरूले तल्लो वर्गका आवाजहरूलाई उठाएर सरकार समक्ष पुर्‍याउने गरेको हुँदा रेडियोको संरक्षण र संवर्द्धनका लागि राज्यको समेत भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

मन्त्री यादवले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि कहिल्यै हस्तक्षेप नगर्ने भन्दै हरेक आन्दोलन सञ्चार माध्यमकै सहयोगले सफल भएको र सञ्चार माध्यममाथि सरकारले अङ्कुश लगाउने काम कहिल्यै नगर्ने दाबी गर्नुभयो ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सञ्चार माध्यमहरूले आग्रह पूर्वाग्रहबाट प्रेरित नभइ जनताको विश्वास जितेर समाजको वास्तविकता बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।

 नेपाल पोष्ट मिडिया प्रालिका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहान, मधेस प्रदेश महासचिव श्याम बञ्जरा, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुबोध गुप्ता, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएका थियो ।

साभार : रेडियो नेपाल

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

5 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

5 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले