Janakpurdham
Thu, Oct 15, 2026
`

उदाउँदै सूर्य देवतालाई अर्घ्य चढाएपछि सकियो महापर्व छठ

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,कार्तिक २३ गते । उदाउँदै गरेको सूर्यलाई व्रतालुले जलाशयबाट अर्घ्य चढाएपछि महापर्व छठ सकिएको छ । बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका व्रतालुहरूले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ चढाएका हुन् ।

सूर्य देवको प्रतीक्षामा व्रतालुहरू जलाशयमा प्रसादीसहित हात जोडेर लामो समय प्रतीक्षा गरेका थिए । सूर्य देखा परेसँगै प्रसाद चढाए । अब छठ घाटबाट घर पुगेपछि व्रतालुले चढाएका प्रसाद सपरिवार ग्रहण गर्छन् ।

सूर्य देवता र छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ वा चामलको पिठोबाट बनाएको ठेकुवा चढाइन्छ । यस्तै पातसहितको मुला, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि चढाउने गरिन्छ ।

कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई देवताको रुपमा विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठको व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि अटल सौभाग्य, परिवारको सुख शान्ति र पति प्रेमका लागि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ ।

छठ ब्रत बसेपछि सन्तान प्राप्त हुने धार्मिक जनविश्वास पनि छ । सन्तान पाएकी महिलाहरूले घाटमा नाच नचाउने वा साष्टांग दण्डवत गरेर घरबाट घाटसम्म पुग्ने गरिएको छ ।

छठ पर्वले समाजलाई जोड्ने काम पनि गरेको छ । एउटै जलाशयमा हरेक समुदायका व्यक्ति विना भेदभाव छठ मनाउँछन् । यसले समाजमा देखिएको शत्रुता, कटुता, वैरभावलाई अन्त्य गर्दै एक अर्कालाई नजिक ल्याउने काम गरेको छ । त्यसैले छठलाई सद्भावको पर्व पनि भनिन्छ ।

विशेष श्रद्धा र निष्ठासाथ मनाइने छठ पर्वका लागि जनकपुरधाम, वीरगन्ज, लहान, राजविराजसहितका नदी, पोखरी तथा जलाशयहरू सिँगारेर झकिझकाउ पारिएको थियो ।


साभार : नेपाल प्रेस

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

19 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

19 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

2 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

3 दिन पहिले