मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले सांसद अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, कात्तिक २५ । मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
आइतबार विराटनगरस्थित उनकै निवासबाट पक्राउ गरी प्रहरीले अधिकारीलाई काठमाडौं ल्याएर अदालत उपस्थित गराएको थियो।
जिल्ला अदालत काठमाडौंले उनीमाथि लागेको आरोपबारे अनुसन्धान गर्न दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो।
अधिकारीमाथि गैरकानुनी रूपमा मानिसहरू जापान पुर्याउन खोजेको आरोप छ।
केही दिनअघि उनी सरकारलाई जानकारी नै नगराई जापान गएका थिए। उनीसँगै गएका तीन जनासहित अधिकारीलाई पनि डिपोर्ट गरिदिएपछि घटना सार्वजनिक भएको थियो।
सो प्रकरणमा अहिले ६ जनालाई काठमाडौं प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। उनीहरूले जापान जानका लागि मन्त्री अधिकारीलाई रकम बुझाएको बयान प्रहरीलाई दिएका छन्।
जापान जान लागेका अधिकारी डिपोर्ट भएपछि कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट राजीनामा समेत दिएका थिए।
लगत्तै उनीमाथि कारबाही हुनुपर्ने आवाज उठेपछि शनिबार मात्रै एमाले कोशी प्रदेश कमिटीले अधिकारीलाई पार्टीको कुनैपनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरेको थियो।
शनिबार नै बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पनि कोशी प्रदेश कमिटीको निर्णय अनुमोदन गर्दै अधिकारीमाथि अनुसन्धानका लागि सरकारलाई सहयोग गर्ने निर्णय गरेको थियो।
साभार : काठमाडौं प्रेस
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
18 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
18 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
2 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
2 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
3 दिन पहिले