युवा सङ्कल्प यात्रा काँग्रेसलाई जोड्ने यात्रा बनोस् : नेता निधि
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, कार्तिक २६ गते । झापाको मेचीनगरबाट कांग्रेसको युवा सङ्कल्प यात्रा आज जनकपुरधाम आइपुगेको छ । नेपाली कांग्रेस महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्व केन्द्रीय महामन्त्री भूपेन्द्रजंग शाही नेतृत्वको युवाहरूको टोली जनकपुरधाम आइपुगेको हो ।
टोलीलाई स्वागत गर्दै नेपाली कांग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले युवा सङ्कल्प यात्राको शुभकामना व्यक्त गर्दै यात्राले नेपाली काँग्रेसलाई जोड्ने काम गरोस् भन्ने कामना गर्नुभयो ।
यात्रामा ४० जनाको टोली रहेको नेविसंघका केन्द्रिय सदस्य विनोद साही ठकुरीले जानकारी दिनुभयो । सङ्कल्प यात्रामा संविधानसभा सदस्य एवं नेविसंघका पूर्व सभापति रञ्जित कुमार कर्ण, युवा नेताहरू धमेन्द्र नेम्वाङ‚ पशुपति पोखरेल, शेख वकिल‚ प्रेमिका राना‚ नरेश यादव‚ चन्द्रा देवी जोशी लगायत सहभागी हुनुहुन्छ ।
त्यस्तै राष्ट्रिय कलाकारहरू राधिका हमाल‚ उदिराम खड्का‚ सुनिल थापा‚ लेलिया विश्वकर्मा पनि टोलीमा हुनुहुन्छ । उहाँहरूले यात्राका क्रममा युवामैत्री सन्देशमूलक गीतहरू प्रस्तुति गर्दै आउनुभएको छ । युवा सङ्कल्प यात्रा कार्तिक २३ गतेदेखि सुरु भएको हो ।
साभार : रेडियो नेपाल
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
5 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
5 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
1 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
1 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक