Janakpurdham
Fri, Jul 18, 2025
`

युवा सङ्कल्प यात्रा काँग्रेसलाई जोड्ने यात्रा बनोस् : नेता निधि

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, कार्तिक २६ गते ।  झापाको मेचीनगरबाट कांग्रेसको युवा सङ्कल्प यात्रा आज जनकपुरधाम आइपुगेको छ । नेपाली कांग्रेस महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्व केन्द्रीय महामन्त्री भूपेन्द्रजंग शाही नेतृत्वको युवाहरूको टोली जनकपुरधाम आइपुगेको हो ।

टोलीलाई स्वागत गर्दै नेपाली कांग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले युवा सङ्कल्प यात्राको शुभकामना व्यक्त गर्दै यात्राले नेपाली काँग्रेसलाई जोड्ने काम गरोस् भन्ने कामना गर्नुभयो ।

यात्रामा ४० जनाको टोली रहेको नेविसंघका केन्द्रिय सदस्य विनोद साही ठकुरीले जानकारी दिनुभयो । सङ्कल्प यात्रामा संविधानसभा सदस्य एवं नेविसंघका पूर्व सभापति रञ्जित कुमार कर्ण, युवा नेताहरू धमेन्द्र नेम्वाङ‚ पशुपति पोखरेल, शेख वकिल‚ प्रेमिका राना‚ नरेश यादव‚ चन्द्रा देवी जोशी लगायत सहभागी हुनुहुन्छ ।

त्यस्तै राष्ट्रिय कलाकारहरू राधिका हमाल‚ उदिराम खड्का‚ सुनिल थापा‚ लेलिया विश्वकर्मा पनि टोलीमा हुनुहुन्छ । उहाँहरूले यात्राका क्रममा युवामैत्री सन्देशमूलक गीतहरू प्रस्तुति गर्दै आउनुभएको छ । युवा सङ्कल्प यात्रा कार्तिक २३ गतेदेखि सुरु भएको हो ।

साभार : रेडियो नेपाल

`
12 comments
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..

काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..

14 घन्टा पहिले

नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..

काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..

14 घन्टा पहिले

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

2 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

2 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

3 दिन पहिले