विद्यापतिका रचना सामाजिक तथा शासन परिवर्तनमा केन्द्रित : नेता निधि
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम , कार्तिक २८ गते । मैथिली साहित्यका कवि कोकिल, महाकवि, एवं साहित्यकार विद्यापतिको स्मृति दिवस जनकपुरधाममा आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
विद्यापति ट्रष्ट जनकपुरधामको आयोजनामा जनकपुरधामको विद्यापति चोकमा विद्यापति स्मृति पर्व २०८१ को अवसरमा विद्यापतिको व्यक्तित्व तथा कृतित्वका विषयमा प्रवचन, कवि गोष्ठी, विद्यालय स्तरीय वक्तृत्व कला, विद्यापतिको प्रतिमामा पुष्पवृष्टि, सम्मान तथा विद्यापतिको रचनामा आधारित संस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले विद्यापतिका हरेक रचनाहरूले सामाजिक परिवर्तन, शासकीय सुधार तथा राजनीतिक परिवर्तनको पक्षमा रहेकाले थप खोज र अनुसन्धान गर्न आवश्यक भएको बताउनुभयो । उहाँले विद्यापति ब्राह्मण ठाकुर परिवारमा जन्म लिए पनि सामाजिक परिवर्तनका लागि भाषा तथा साहित्यलाई सर्वस्वीकार्य बनाउन सरल मैथिलीमा पाँच सय भन्दा बढी रचना गर्नुभएको बताउनुभयो । नेता निधिले विद्यापतिका रचनाको प्रभावका कारण काठमाडौँ उपत्यकाको प्रमुख कामकाज तथा बोलिने भाषाको रुपमा मैथिली भएको इतिहासले पुष्टि गरेको बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले १४ औँ शताब्दीका महान् कवि, लेखक एवं साहित्यकार विद्यापतिको चर्चा नेपाल, भारतमा मात्र नभई बङ्गाली, उर्दु भाषी क्षेत्रमा पनि हुने गरेको बताउनुभयो ।
साहित्यकार रोशन जनकपुरीले विद्यापतिको समग्र व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै विद्यापतिको रचनाको प्रभाव मिथिला संस्कृतिमा मात्र नभई थारु, नेवारी, बङ्गाली, उर्दु, संस्कृति तथा अन्य भाषामा पनि रहेको बताउनुभयो ।
सन् १३५० मा जन्मनुभएका महाकवि विद्यापतिका ५ सय भन्दा बढी रचना रहेका छन् । उहाँका रचना मिथिलाका हरेक धार्मिक, सांस्कृतिक पर्व, महोत्सव, पूजा, विवाह, व्रतबन्ध, मुण्डन आदिमा गाउने गरिन्छ ।
साभार : रेडियो नेपाल
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
18 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
18 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
2 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
2 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
3 दिन पहिले