
विद्यापतिका रचना सामाजिक तथा शासन परिवर्तनमा केन्द्रित : नेता निधि
9 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम , कार्तिक २८ गते । मैथिली साहित्यका कवि कोकिल, महाकवि, एवं साहित्यकार विद्यापतिको स्मृति दिवस जनकपुरधाममा आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
विद्यापति ट्रष्ट जनकपुरधामको आयोजनामा जनकपुरधामको विद्यापति चोकमा विद्यापति स्मृति पर्व २०८१ को अवसरमा विद्यापतिको व्यक्तित्व तथा कृतित्वका विषयमा प्रवचन, कवि गोष्ठी, विद्यालय स्तरीय वक्तृत्व कला, विद्यापतिको प्रतिमामा पुष्पवृष्टि, सम्मान तथा विद्यापतिको रचनामा आधारित संस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले विद्यापतिका हरेक रचनाहरूले सामाजिक परिवर्तन, शासकीय सुधार तथा राजनीतिक परिवर्तनको पक्षमा रहेकाले थप खोज र अनुसन्धान गर्न आवश्यक भएको बताउनुभयो । उहाँले विद्यापति ब्राह्मण ठाकुर परिवारमा जन्म लिए पनि सामाजिक परिवर्तनका लागि भाषा तथा साहित्यलाई सर्वस्वीकार्य बनाउन सरल मैथिलीमा पाँच सय भन्दा बढी रचना गर्नुभएको बताउनुभयो । नेता निधिले विद्यापतिका रचनाको प्रभावका कारण काठमाडौँ उपत्यकाको प्रमुख कामकाज तथा बोलिने भाषाको रुपमा मैथिली भएको इतिहासले पुष्टि गरेको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले १४ औँ शताब्दीका महान् कवि, लेखक एवं साहित्यकार विद्यापतिको चर्चा नेपाल, भारतमा मात्र नभई बङ्गाली, उर्दु भाषी क्षेत्रमा पनि हुने गरेको बताउनुभयो ।
साहित्यकार रोशन जनकपुरीले विद्यापतिको समग्र व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै विद्यापतिको रचनाको प्रभाव मिथिला संस्कृतिमा मात्र नभई थारु, नेवारी, बङ्गाली, उर्दु, संस्कृति तथा अन्य भाषामा पनि रहेको बताउनुभयो ।
सन् १३५० मा जन्मनुभएका महाकवि विद्यापतिका ५ सय भन्दा बढी रचना रहेका छन् । उहाँका रचना मिथिलाका हरेक धार्मिक, सांस्कृतिक पर्व, महोत्सव, पूजा, विवाह, व्रतबन्ध, मुण्डन आदिमा गाउने गरिन्छ ।
साभार : रेडियो नेपाल

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
22 घन्टा पहिले
लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..
काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..
22 घन्टा पहिले
‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’
काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..
2 दिन पहिले
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी ..
मोरङ, साउन १७ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्..
2 दिन पहिले
जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त..
काठमाडौं, साउन १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थाय..
4 दिन पहिले